Thursday, June 28, 2018
अनशन बस्न जुम्ला हिँडेका गोविन्द केसीलाई गृहमन्त्रीले दिए यस्तो चेतावनी
१४ असार /माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा। गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् ।
विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा। केसीलाई लक्षित गर्दै भने,‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’
डा। केसीले हठ गरेको दाबी गर्दै मन्त्री थापाले व्यंग्यात्मक शैलीमा भने, ‘अधिनायकवादको अर्थ के हो त भन्दाखेरि मलाई त्यही केटी चाहिन्छ भन्ने पनि हो १ हजारौं ठाउँहरु खुल्ला छन्, अन्त विरोध प्रदर्शन गर्न नचाहने, त्यही ठाउँ ९मण्डला० मा मात्रै गर्न चाहने भन्ने कुरो अधिनायकवाद हो ।’
डा। गोविन्द केसीको मागलाई ठाडै अस्वीकार गर्दै मन्त्री थापाले त्यहाँ विरोध प्रदर्शन गर्न दिँदा नागरिकहरुको अधिका हनन हुने जिकिर गरे । मन्त्री थापाले भने, ‘माइतीघर मण्डलाजस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको कुरा हो । सुरक्षासित जोडिएको प्रश्न पनि हो ।’
डा। गोविन्द केसी नागरिकको प्रतिनिधि भएता पनि निर्वाचनबाट आएको यो सरकार पनि नागरिककै प्रतिनिधि भएको मन्त्री थापाले दाबी गरे । उनले भने, ‘यो सरकार जनप्रतिनिधिहरुको सरकार हो । उहाँले नागरिकहरुको प्रतिनिधित्व गर्नुहुन्छ भने यो सरकारले पनि त नागरिककै प्रतिनिधित्व गर्छ । वास्तवमा नीति नियमसँग हठ गर्ने कुरालाई हामीले लोकतन्त्र ठान्दैनौं ।’
केही ऐतिहासिक धरोहर रहेका स्थानहरुलाई निशेधित क्षेत्र घोषणा गर्दैमा अधिनायकवाद नआउने गृहमन्त्री थापाले दाबी गरे । पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘लोकतन्त्रमा र जनताले आवाज उठाउन पाउने अधिकारको रक्षा त हामीले गरिराखेकै छौं । त्यसैले निशेधित क्षेत्रले अधिनायकवाद ल्याउँदैन । विरोध त अन्त पनि गर्न पाइन्छ । ती ठाउँहरु हामीले तोकिदिएका छौं ।’
गृहमन्त्री थापाले निशेधित क्षेत्रहरु तोक्नुको कारण खुलाउँदै भने, ‘हामीले जनताको जीउधनको सुरक्षा गर्नुपर्छ । कुनै पनि ठाउँमा नागरिकहरुले आवाज उठाउन सक्छन् । त्यस्तो आवाज निश्चित ठाउँबाट उठाउने हो । केही निश्चित ठाउँहरुलाई निषेधित क्षेत्रजस्तो तोकिएको छ । र, अरु सबै ठाउँहरु खुला छन्, त्यहाँ नागरिकहरुले आफ्ना आवाज उठाउन सक्छन् । केही ऐतिहासिक ठाउँहरुलाई निशेत्रित क्षेत्र तोकिएको छ, त्यही पनि नागरिकहरुकै सुरक्षाको निम्ति । आवागमनहरु व्यवस्थित होस् भन्नका निम्ति खासखास ठाउँहरुलाई हामीले निशेधित गरेको हो ।’
माओवादीले जनयुद्ध र जनआन्दोलनका बेलामा पार्टीहरुले निशेधित क्षेत्र तोक्नुहुँदैन भनेका थिए नि भन्ने पत्रकारको प्रश्नको जवाफमा गृहमन्त्री बादलले भने, ‘त्योबेलाको सत्ता बेग्लै सत्ता थियो, अहिलेको सत्ता बेग्लै हो ।’
मन्त्री थापाले थप व्याख्या गर्दै अगाडि भने, ‘त्यसबेला हामीले त्यसो गर्नु जायज थियो । त्योबेलाको विद्रोह थियो त्यो । अहिले विद्रोहबाट जनताको सरकार बनेको छ । जनताको व्यवस्था आएको छ । त्यसकारणले अब लोकतन्त्रको परिभाषा र मान्यता अनुसार विधिको शासन हुन्छ । विधि अनुसार चल्नुपर्यो । अहिले सरकारले विधिहरु निश्चित गरेको छ । व्यवस्थापिकाले विधि विधानहरु निश्चित गरेको छ । त्यो अनुसार चल्नुपर्यो ।’
अनशन बस्न जुम्लातिर डा। केसी
डा। गोविन्द केसी अनशन बस्न जुम्लातर्फ लागेका छन् । शुक्रवार भनिएको अनशन बस्न डा केसी अहिले नेपालगन्ज पुगेका छन् । बिहिबार साँझ जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान पुगेर भोलिपल्टै अनशन बस्ने केसीले बताए ।
‘संसदले विधेयक नै पारित नगर्ने तयारी गरेको बुझिएकाले अनशन बस्न लागेको हुँ’, केसीले भने, ‘प्रचण्ड ओलीजीहरुले आफ्नो व्यापारिक स्वार्थको लागि दुई तिहाई बहुमतको सरकारको शक्ति देखाएर अध्यादेश फेरबदल गर्न लाग्नु भयो । हामीसँगको सम्झौता, प्रतिबद्धता केही पुरा भएन ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment