Thursday, June 28, 2018

आकाशबाट बज्रियो भयानक विमान, दुर्घटना

  1. पैदलयात्रीमाथि आकाशबाट बज्रियो विमान, भयानक दुर्घटनामा सबैको मृत्यु, हेर्नुस्
  2. मुम्बई: भारतको सबैभन्दा व्यस्त शहर मुम्बइको मानव बस्ती भएको क्षेत्रमा आज दिउँसो साढे १ बजेतिर एक चार्टर्ड विमान दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको ज्यान गएको बताइएको छ । दुर्घटनामा सडकमा हिँडिरहेका पैदलयात्री पनि मारिएको बताइएको छ ।विमान मुम्बइको घाटकोपरको सर्वोदयनगर इलाकामा दुर्घटना भएको भारतीय मिडिया आजतकले लेखेको छ । विमानमा १ पाइलट र ३ यात्रु गरी ४ जना सवार भएकोमा सबैको मृत्यु भएको र जमिनमा हिँडिरहेका १ जनाको पनि मृत्यु भएको बताइएको छ । विमान जुहु विमानस्थलतर्फ बढिरहेका बेला बिल्डिङमा ठोक्किएको बताइएको छ
  3. ।अब निजी विमान कम्पनीले नेपाल वायुसेवासँग प्रतिस्पर्धा गर्नै नसक्ने ! यस्ता छन् कारणकाठमाडौ , १४ असार/ राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगत्रत्न कंसाकारले पहिलो वाइड बडी जहाजको स्वागत गर्दै देशभर सञ्चालमा रहेका विमानस्थलमा जहाज पुर्‍याउने आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन् ।केही समयमा अन्रतर्राष्ट्रिय उडानमा मात्रै केन्द्रित हुँदा हाम्रो आन्तरिक बजार ध्वस्त भएको छ’, उनले भने, ‘दुई वाइड बडीले नियमित उडान भर्न थालेपछि अन्तर्राष्ष्ट्रिय उडानतर्फ हामी स्वतः सुध्रिने छौँ । अबको लक्ष्य आन्तरिक उडानलाई पनि सर्वसुलभ, सहज र सस्तो बनाउनु हाम्रो पहिलो दायित्व हो ।’
  4. कंसाकारले नेवानिले फाइदालाई मात्रै नहरेको बताउँदै जनताको सेवालाई पनि जोड दिँदै आएको बताए । ‘नेवानिले नाफा मात्रै हेर्दैन,न घाटा खाएर भए पनि जनताको सेवा गर्छौँ’, उनले भने, ‘नेपाल नागरिक उड्ययन प्राधिकरणले सञ्चालनमा ल्याएका सबै विमानस्थलहरुमा साताको एउटा भए पनि नियमित उडान गर्नेछौँ ।’कंसाकारले १९ सिटे जहाजमा दुईजना यात्रु बोकेर भए पनि दुर्गममा सेवा दिने बताए । ‘१९ सिटको जहाजमा २ यात्रु भए पनि उडाएरै छाड्छु’, उनलले थपे, ‘यसबाट हुने घाटा ग्राउन्ड ह्यान्डलिङ र अन्तर्राष्ट्रिय उडानमा कभर गर्नेछु ।’काठमाडौं, १४ असार । आचरणमा सुधार गर्दै परिवारसँग नजिकिन खोजेका पूर्वयुवराज पारसले अबको दरबारीया राजनीतिको उत्तरदायित्व नपाउने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारको राजनीति, कुटनीति र सम्बन्धको साँचो सुन्दर बुहारी पूर्वयुवराज्ञी हिमानीलाई जिम्मा लगाएका छन् ।
  5. नाती हृदयेन्द्रलाई अधिक प्रेम गर्ने ज्ञानेन्द्रले दरबारले चलाउने सामाजिक, कुटनीतिक र राजनीतिक सम्बन्धका लागि बुहारीलाई अघि सारेका हुन् । निर्मलनिवास स्रोतका अनुसार अप्ठेरो अवस्थामा पनि हिमानीले दरबारको साख जोगाउनका लागि सामाजिक काममा सक्रियता देखाएका कारणले उत्तराधिकारी बनाउने तयारी गरेका हुन् । ज्ञानेन्द्रको यो निर्णयमा पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाहको पनि सहमति रहेको बताइन्छ ।पछिल्लो समयमा परिवारका सबै सदस्यलाई समेटेका ज्ञानेन्द्रलाई छोरी प्रेरणाको घर परिवारको मात्रै चिन्ता रहेको छ । ज्वाँई राजबहादुर सिंह कामै नलाग्ने ठानेका ज्ञानेन्द्रका छोरा पारसमाथि पनि विश्वास गुमिसकेको दरबार स्रोतले जनायो । ‘युवराजको बानी सुधार भएको संकेत देखिए पनि उहाँ जिम्मेवारी बहन गर्न सक्ने देखिँदैन, अहिले पनि दरबारभित्र विभिन्न कुटनीतिक भेट र पारिवारिक सम्बन्धको संयोजनसहित सहजीकरणमा पूर्वयुवराज्ञी सक्रिय होइबक्सन्छ ।’
  6. त्यसो त पारसले आफ्नो आचरणमा सुधार आएको देखाउन विभिन्न शक्ति पिठको दर्शन गर्नुका साथै नागरिकसँग नजिकिने प्रयास पनि गरेका छन् । उनी अघिल्लो साता पोखरामा पुगी सर्वसाधारणसँग भेटघाटमा व्यस्त रहेका थिए । त्यसअघि गोरखा पुगेका थिए ।यसैबीच, दरबारले पूर्वपञ्चको प्रयोगमा एक पटक धार्मिक रक्षाको अभियान चलाउने तयारी पनि गरेको छ । शिव सेना नेपाललगायत धार्मिक सुरक्षाका लागि लागेका बेला राजनीतिक रूपमा पनि यो मुद्दा स्थापित गराउन ज्ञानेन्द्रले राप्रपाहरूको एकता चाहेका हुन् । तर सबै नेता मोही माग्ने ढुंग्रो लुकाउने चरित्रको रहेका कारणले उनी निक्कै शशंकित छन् ।मौकामा गणतन्त्रवादी बन्दै अवसर लिँदै ज्ञानेन्द्रको मागलाई वास्ता नगरेका पूर्वपञ्चहरू यतिबेला हिन्दू राज्य र राजतन्त्रको मुद्दामा समान हुन लागेका छन् ।राजतन्त्रको मुद्दा त्याग्दै गणतन्त्रको बाटोमा हिँडेका पशुपति शमशेर राणा, गणतन्त्र नेपालको संविधानलाई बहुमत पुराउनका लागि सहयोग गरेका कमल थापा, राजा मान्ने तर गणतन्त्रवादीलाई सहयोग गरेका लोकेन्द्रबहादुर चन्दसहितका नेता एकीकरणको तयारीमा जुटेका छन् ।
  7. ज्ञानेन्द्रसँग चिसिएको सम्बन्ध सुधारर्ने मध्यस्तताका लागि नेपालगञ्जका मेयर धवल शमशेर राणाले सहयोग गरेको स्रोतको दाबी छ । ‘तर राजा यस विषयमा पनि निक्कै गम्भिर होइबक्सन्छ, यी राजनीतिज्ञ समयमा धोका दिन माहिर रहेको राजाले भनिबक्सिन्छ’, निर्मलनिवास स्रोतले भन्यो,‘तर पनि हिन्दु धर्म जोगाउनका लागि अन्य कुनै शक्ति र ताकत नलागेपछि टालैको भए पनि सहयोग लिने अन्तिम प्रयोग हो ।’त्यसो त ज्ञानेन्द्रको योजनामा मेल खानेगरी राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राज्यका लागि अन्तिम संघर्ष हुने बताइसकेका छन् । उनले त्यसमा जोडेका छन्,‘त्यसैका लागि पनि यो एकताको पहल भइरहेको हो ।’एकताका लागि विभाजित विभिन्न राप्रपाका युवा तहका नेताको संयोजन समिति पनि बनेको छ । यहि समितिले राप्रपालाई एक ठाउँमा उभ्याएर दरबारसँग नजिक बनाउने रणनीति अपनाएको छ ।

No comments:

Post a Comment