पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभिरमा राति लेदो माटोसहितको पहिरो खसेको हो ।पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३ जीप फसेको छ । पहिरो पन्छाउने काम भइरहेको छ । देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग र त्यसमा जोडिएको नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम धेरै रहेको यस अघि नै प्रतिवेदन सार्वजनिक भइसकेको छ भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा फेरि पहिरो खस्दा बुधबार बिहानैदेखि सडक अवरूद्ध भएको छ।मंगलबार बिहान पहिरो खसेर दिनभर अवरूद्ध भएको सडकखण्ड साँझ पौने चार बजे मात्रै खुलेको थियो।
दिनभरिको सवारी जामका कारण राति अबेर मात्रै सहज भएको सडक बुधबार बिहान फेरि पहिरो खसेपछि पुनः अवरूद्ध भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ।
ठूलो पहिरो खसेकोले पहिरो हटाउनका लागि अझै दुईघण्टा समय लाग्ने उनले बताए। बाटो अवरूद्ध भएपछि सवारी साधनहरू बीचबाटोमा नै अलपत्र परेका छन्। पहिरोले पटकपटक सडक अवरूद्ध भएपछि वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। चारकिलो र कालीखोला क्षेत्र पहिराको जोखिमयुक्त क्षेत्र हो।

No comments:
Post a Comment