Thursday, June 28, 2018

अनशन बस्न जुम्ला हिँडेका गोविन्द केसीलाई गृहमन्त्रीले दिए यस्तो चेतावनी

१४ असार /माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा। गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा। केसीलाई लक्षित गर्दै भने,‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’ डा। केसीले हठ गरेको दाबी गर्दै मन्त्री थापाले व्यंग्यात्मक शैलीमा भने, ‘अधिनायकवादको अर्थ के हो त भन्दाखेरि मलाई त्यही केटी चाहिन्छ भन्ने पनि हो १ हजारौं ठाउँहरु खुल्ला छन्, अन्त विरोध प्रदर्शन गर्न नचाहने, त्यही ठाउँ ९मण्डला० मा मात्रै गर्न चाहने भन्ने कुरो अधिनायकवाद हो ।’ डा। गोविन्द केसीको मागलाई ठाडै अस्वीकार गर्दै मन्त्री थापाले त्यहाँ विरोध प्रदर्शन गर्न दिँदा नागरिकहरुको अधिका हनन हुने जिकिर गरे । मन्त्री थापाले भने, ‘माइतीघर मण्डलाजस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको कुरा हो । सुरक्षासित जोडिएको प्रश्न पनि हो ।’ डा। गोविन्द केसी नागरिकको प्रतिनिधि भएता पनि निर्वाचनबाट आएको यो सरकार पनि नागरिककै प्रतिनिधि भएको मन्त्री थापाले दाबी गरे । उनले भने, ‘यो सरकार जनप्रतिनिधिहरुको सरकार हो । उहाँले नागरिकहरुको प्रतिनिधित्व गर्नुहुन्छ भने यो सरकारले पनि त नागरिककै प्रतिनिधित्व गर्छ । वास्तवमा नीति नियमसँग हठ गर्ने कुरालाई हामीले लोकतन्त्र ठान्दैनौं ।’ केही ऐतिहासिक धरोहर रहेका स्थानहरुलाई निशेधित क्षेत्र घोषणा गर्दैमा अधिनायकवाद नआउने गृहमन्त्री थापाले दाबी गरे । पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘लोकतन्त्रमा र जनताले आवाज उठाउन पाउने अधिकारको रक्षा त हामीले गरिराखेकै छौं । त्यसैले निशेधित क्षेत्रले अधिनायकवाद ल्याउँदैन । विरोध त अन्त पनि गर्न पाइन्छ । ती ठाउँहरु हामीले तोकिदिएका छौं ।’ गृहमन्त्री थापाले निशेधित क्षेत्रहरु तोक्नुको कारण खुलाउँदै भने, ‘हामीले जनताको जीउधनको सुरक्षा गर्नुपर्छ । कुनै पनि ठाउँमा नागरिकहरुले आवाज उठाउन सक्छन् । त्यस्तो आवाज निश्चित ठाउँबाट उठाउने हो । केही निश्चित ठाउँहरुलाई निषेधित क्षेत्रजस्तो तोकिएको छ । र, अरु सबै ठाउँहरु खुला छन्, त्यहाँ नागरिकहरुले आफ्ना आवाज उठाउन सक्छन् । केही ऐतिहासिक ठाउँहरुलाई निशेत्रित क्षेत्र तोकिएको छ, त्यही पनि नागरिकहरुकै सुरक्षाको निम्ति । आवागमनहरु व्यवस्थित होस् भन्नका निम्ति खासखास ठाउँहरुलाई हामीले निशेधित गरेको हो ।’ माओवादीले जनयुद्ध र जनआन्दोलनका बेलामा पार्टीहरुले निशेधित क्षेत्र तोक्नुहुँदैन भनेका थिए नि भन्ने पत्रकारको प्रश्नको जवाफमा गृहमन्त्री बादलले भने, ‘त्योबेलाको सत्ता बेग्लै सत्ता थियो, अहिलेको सत्ता बेग्लै हो ।’ मन्त्री थापाले थप व्याख्या गर्दै अगाडि भने, ‘त्यसबेला हामीले त्यसो गर्नु जायज थियो । त्योबेलाको विद्रोह थियो त्यो । अहिले विद्रोहबाट जनताको सरकार बनेको छ । जनताको व्यवस्था आएको छ । त्यसकारणले अब लोकतन्त्रको परिभाषा र मान्यता अनुसार विधिको शासन हुन्छ । विधि अनुसार चल्नुपर्‍यो । अहिले सरकारले विधिहरु निश्चित गरेको छ । व्यवस्थापिकाले विधि विधानहरु निश्चित गरेको छ । त्यो अनुसार चल्नुपर्‍यो ।’ अनशन बस्न जुम्लातिर डा। केसी डा। गोविन्द केसी अनशन बस्न जुम्लातर्फ लागेका छन् । शुक्रवार भनिएको अनशन बस्न डा केसी अहिले नेपालगन्ज पुगेका छन् । बिहिबार साँझ जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान पुगेर भोलिपल्टै अनशन बस्ने केसीले बताए । ‘संसदले विधेयक नै पारित नगर्ने तयारी गरेको बुझिएकाले अनशन बस्न लागेको हुँ’, केसीले भने, ‘प्रचण्ड ओलीजीहरुले आफ्नो व्यापारिक स्वार्थको लागि दुई तिहाई बहुमतको सरकारको शक्ति देखाएर अध्यादेश फेरबदल गर्न लाग्नु भयो । हामीसँगको सम्झौता, प्रतिबद्धता केही पुरा भएन ।’

आकाशबाट बज्रियो भयानक विमान, दुर्घटना

  1. पैदलयात्रीमाथि आकाशबाट बज्रियो विमान, भयानक दुर्घटनामा सबैको मृत्यु, हेर्नुस्
  2. मुम्बई: भारतको सबैभन्दा व्यस्त शहर मुम्बइको मानव बस्ती भएको क्षेत्रमा आज दिउँसो साढे १ बजेतिर एक चार्टर्ड विमान दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको ज्यान गएको बताइएको छ । दुर्घटनामा सडकमा हिँडिरहेका पैदलयात्री पनि मारिएको बताइएको छ ।विमान मुम्बइको घाटकोपरको सर्वोदयनगर इलाकामा दुर्घटना भएको भारतीय मिडिया आजतकले लेखेको छ । विमानमा १ पाइलट र ३ यात्रु गरी ४ जना सवार भएकोमा सबैको मृत्यु भएको र जमिनमा हिँडिरहेका १ जनाको पनि मृत्यु भएको बताइएको छ । विमान जुहु विमानस्थलतर्फ बढिरहेका बेला बिल्डिङमा ठोक्किएको बताइएको छ
  3. ।अब निजी विमान कम्पनीले नेपाल वायुसेवासँग प्रतिस्पर्धा गर्नै नसक्ने ! यस्ता छन् कारणकाठमाडौ , १४ असार/ राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगत्रत्न कंसाकारले पहिलो वाइड बडी जहाजको स्वागत गर्दै देशभर सञ्चालमा रहेका विमानस्थलमा जहाज पुर्‍याउने आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन् ।केही समयमा अन्रतर्राष्ट्रिय उडानमा मात्रै केन्द्रित हुँदा हाम्रो आन्तरिक बजार ध्वस्त भएको छ’, उनले भने, ‘दुई वाइड बडीले नियमित उडान भर्न थालेपछि अन्तर्राष्ष्ट्रिय उडानतर्फ हामी स्वतः सुध्रिने छौँ । अबको लक्ष्य आन्तरिक उडानलाई पनि सर्वसुलभ, सहज र सस्तो बनाउनु हाम्रो पहिलो दायित्व हो ।’
  4. कंसाकारले नेवानिले फाइदालाई मात्रै नहरेको बताउँदै जनताको सेवालाई पनि जोड दिँदै आएको बताए । ‘नेवानिले नाफा मात्रै हेर्दैन,न घाटा खाएर भए पनि जनताको सेवा गर्छौँ’, उनले भने, ‘नेपाल नागरिक उड्ययन प्राधिकरणले सञ्चालनमा ल्याएका सबै विमानस्थलहरुमा साताको एउटा भए पनि नियमित उडान गर्नेछौँ ।’कंसाकारले १९ सिटे जहाजमा दुईजना यात्रु बोकेर भए पनि दुर्गममा सेवा दिने बताए । ‘१९ सिटको जहाजमा २ यात्रु भए पनि उडाएरै छाड्छु’, उनलले थपे, ‘यसबाट हुने घाटा ग्राउन्ड ह्यान्डलिङ र अन्तर्राष्ट्रिय उडानमा कभर गर्नेछु ।’काठमाडौं, १४ असार । आचरणमा सुधार गर्दै परिवारसँग नजिकिन खोजेका पूर्वयुवराज पारसले अबको दरबारीया राजनीतिको उत्तरदायित्व नपाउने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारको राजनीति, कुटनीति र सम्बन्धको साँचो सुन्दर बुहारी पूर्वयुवराज्ञी हिमानीलाई जिम्मा लगाएका छन् ।
  5. नाती हृदयेन्द्रलाई अधिक प्रेम गर्ने ज्ञानेन्द्रले दरबारले चलाउने सामाजिक, कुटनीतिक र राजनीतिक सम्बन्धका लागि बुहारीलाई अघि सारेका हुन् । निर्मलनिवास स्रोतका अनुसार अप्ठेरो अवस्थामा पनि हिमानीले दरबारको साख जोगाउनका लागि सामाजिक काममा सक्रियता देखाएका कारणले उत्तराधिकारी बनाउने तयारी गरेका हुन् । ज्ञानेन्द्रको यो निर्णयमा पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाहको पनि सहमति रहेको बताइन्छ ।पछिल्लो समयमा परिवारका सबै सदस्यलाई समेटेका ज्ञानेन्द्रलाई छोरी प्रेरणाको घर परिवारको मात्रै चिन्ता रहेको छ । ज्वाँई राजबहादुर सिंह कामै नलाग्ने ठानेका ज्ञानेन्द्रका छोरा पारसमाथि पनि विश्वास गुमिसकेको दरबार स्रोतले जनायो । ‘युवराजको बानी सुधार भएको संकेत देखिए पनि उहाँ जिम्मेवारी बहन गर्न सक्ने देखिँदैन, अहिले पनि दरबारभित्र विभिन्न कुटनीतिक भेट र पारिवारिक सम्बन्धको संयोजनसहित सहजीकरणमा पूर्वयुवराज्ञी सक्रिय होइबक्सन्छ ।’
  6. त्यसो त पारसले आफ्नो आचरणमा सुधार आएको देखाउन विभिन्न शक्ति पिठको दर्शन गर्नुका साथै नागरिकसँग नजिकिने प्रयास पनि गरेका छन् । उनी अघिल्लो साता पोखरामा पुगी सर्वसाधारणसँग भेटघाटमा व्यस्त रहेका थिए । त्यसअघि गोरखा पुगेका थिए ।यसैबीच, दरबारले पूर्वपञ्चको प्रयोगमा एक पटक धार्मिक रक्षाको अभियान चलाउने तयारी पनि गरेको छ । शिव सेना नेपाललगायत धार्मिक सुरक्षाका लागि लागेका बेला राजनीतिक रूपमा पनि यो मुद्दा स्थापित गराउन ज्ञानेन्द्रले राप्रपाहरूको एकता चाहेका हुन् । तर सबै नेता मोही माग्ने ढुंग्रो लुकाउने चरित्रको रहेका कारणले उनी निक्कै शशंकित छन् ।मौकामा गणतन्त्रवादी बन्दै अवसर लिँदै ज्ञानेन्द्रको मागलाई वास्ता नगरेका पूर्वपञ्चहरू यतिबेला हिन्दू राज्य र राजतन्त्रको मुद्दामा समान हुन लागेका छन् ।राजतन्त्रको मुद्दा त्याग्दै गणतन्त्रको बाटोमा हिँडेका पशुपति शमशेर राणा, गणतन्त्र नेपालको संविधानलाई बहुमत पुराउनका लागि सहयोग गरेका कमल थापा, राजा मान्ने तर गणतन्त्रवादीलाई सहयोग गरेका लोकेन्द्रबहादुर चन्दसहितका नेता एकीकरणको तयारीमा जुटेका छन् ।
  7. ज्ञानेन्द्रसँग चिसिएको सम्बन्ध सुधारर्ने मध्यस्तताका लागि नेपालगञ्जका मेयर धवल शमशेर राणाले सहयोग गरेको स्रोतको दाबी छ । ‘तर राजा यस विषयमा पनि निक्कै गम्भिर होइबक्सन्छ, यी राजनीतिज्ञ समयमा धोका दिन माहिर रहेको राजाले भनिबक्सिन्छ’, निर्मलनिवास स्रोतले भन्यो,‘तर पनि हिन्दु धर्म जोगाउनका लागि अन्य कुनै शक्ति र ताकत नलागेपछि टालैको भए पनि सहयोग लिने अन्तिम प्रयोग हो ।’त्यसो त ज्ञानेन्द्रको योजनामा मेल खानेगरी राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राज्यका लागि अन्तिम संघर्ष हुने बताइसकेका छन् । उनले त्यसमा जोडेका छन्,‘त्यसैका लागि पनि यो एकताको पहल भइरहेको हो ।’एकताका लागि विभाजित विभिन्न राप्रपाका युवा तहका नेताको संयोजन समिति पनि बनेको छ । यहि समितिले राप्रपालाई एक ठाउँमा उभ्याएर दरबारसँग नजिक बनाउने रणनीति अपनाएको छ ।

Tuesday, June 26, 2018

नारायणगढ–मुग्लिन सडकबाट आयो अर्को ठुलो दुखद खबर

 पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभिरमा राति लेदो माटोसहितको पहिरो खसेको हो ।पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३ जीप फसेको छ । पहिरो पन्छाउने काम भइरहेको छ । देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग र त्यसमा जोडिएको नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम धेरै रहेको यस अघि नै प्रतिवेदन सार्वजनिक भइसकेको छ भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा फेरि पहिरो खस्दा बुधबार बिहानैदेखि सडक अवरूद्ध भएको छ।मंगलबार बिहान पहिरो खसेर दिनभर अवरूद्ध भएको सडकखण्ड साँझ पौने चार बजे मात्रै खुलेको थियो।
दिनभरिको सवारी जामका कारण राति अबेर मात्रै सहज भएको सडक बुधबार बिहान फेरि पहिरो खसेपछि पुनः अवरूद्ध भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ।
ठूलो पहिरो खसेकोले पहिरो हटाउनका लागि अझै दुईघण्टा समय लाग्ने उनले बताए। बाटो अवरूद्ध भएपछि सवारी साधनहरू बीचबाटोमा नै अलपत्र परेका छन्। पहिरोले पटकपटक सडक अवरूद्ध भएपछि वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। चारकिलो र कालीखोला क्षेत्र पहिराको जोखिमयुक्त क्षेत्र हो।

नेकपाका वडाध्यक्षकाे कुटाइबाट ६९ बर्षिय वृद्ध घाइते

जुम्लाको गुठीचौर गाउँपालिका–५ का वडाध्यक्षको आक्रमणबाट एक वृद्ध घाइते भएका हुन् । वडाध्यक्ष चन्द्रबहादुर नेपालीले आफ्नो कार्यकक्षको टेबलमा राखिएको नेमप्लेटले हान्दा सोहि वडाका ६९ वर्षीय बृद्ध हरिबहादुर खत्री घाइते भएका हुन् ।
टाउकोमा चोट लागेपछि खत्रीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । वडा कार्यालय र त्यहाँका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा विकास निर्माणदेखि सामाजिक सुरक्षा भत्तामा बजेट हिनामिना गरेको भन्दै खबरदारी गर्न जाँदा वडाध्यक्षले आफूलाई आक्रमण गरेको खत्रीले बताए । सकारात्मक सुझाव दिँदापनि आफुमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारवाही हुनुपर्ने उनको माग छ ।
यता खत्रीले बारम्बार अपशब्द बोल्दै आफुमाथि आक्रमण गरेपछि रिसले प्रतिकार गर्दा घटना हुन पुगेको वडाध्यक्ष नेपालीले स्वीकार गरे । ‘कार्यालयमा स्टाफ मिटिङ भैरहेको थियो । उनले सबै स्टाफका लागि खाजा नास्ता लिएर आएका थिए ।
मैले पैसा लिनका लागि बिल लिएर आउन अनुरोध गरेपछि उनले हामीलाई बिना कारण एकोहोरो गाली गर्दै भ्रष्टाचारको आरोप लगाउन थाले’, नेपालीले भने, ‘बिना तथ्य जे पायो त्यही आरोप नलगाउनुहोस् भन्दा उल्टै मलाई दलित भनेर दुव्र्यवहार गर्न थाले, उनले ३ पटक ममाथि झम्टिएपछि मैले प्रहार गरेको हुँ ।’
नेपाली नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुन । आजको नयाँ पत्रिका दैनिकमा यो खबर रहेको छ ।

मध्या रातमा आयो फेरी यस्तो खबर – फेरी पारिवारिक पीडामा नेता प्रचण्ड,खास कारण यस्तो पो रहेछ

 नेपाल कम्युष्टि पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिंगापुर बसाई लम्बिएको छ । पत्नी सीता दाहालको उपचारका क्रममा सिंगापुरमा रहेका प्रचण्ड अब एक सातापछि मात्रै नेपाल फर्कने भएका छन् ।
पत्नी सीताको स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि प्रचण्ड कान्छी छोरी गंगासहित गत साता सिंगापुर पुगेका थिए । गंगा भने आइतबार स्वदेश फर्किसकेकी छन् । उनका अनुसार ‘वाटर थेरापी’ र औषधिको ‘रियाक्सन’ हेरेर थप उपचार गर्नुपर्ने भएकाले प्रचण्डको बसाई लम्बिएको हो ।
पत्नी सीताको मनोविज्ञान र स्वास्थ्यलाई ख्याल गरेर नै प्रचण्डले आफ्नो बसाई लम्बाएका हुन् । विगत केही वर्षयता प्रचण्ड एकपछि अर्को पारिवारिक पीडामा छन् । छोरी ज्ञानु दाहालको निधन भएको ३ वर्ष नपुग्दै एक मात्र छोरा प्रकाश दाहालको पनि गत मंसीरमा निधन भएको थियो ।
प्रकाशको निधन यता पत्नी सीताको पनि स्वास्थ्य र स्मरणशक्ति कमजोर भएपछि अध्यक्ष प्रचण्डले परिवारका लागि समय दिन थालेका छन् । नेपालमै हुँदा पनि प्रचण्डले पत्नी सीतालाई बेलाबेला विभिन्न शान्त ठाउँ घुमाउने गरेका थिए ।
सीता प्रेसर, सुगरलगायतका रोगबाट ग्रसित रहेकी छिन् । यसअघि उनलाई छोरी रेणु दाहालले उपचारका लागि नयाँदिल्ली लगेकी थिइन् ।
नेपालको राजनीतिक व्यस्तताका बाबजूद पनि प्रचण्ड उपचार सकेर मात्र नेपाल आउने मुडमा छन् । छोरी गंगाले मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आमाको स्वास्थ्यमा सुधार आएको जानकारी दिएकी छिन् ।

अचानक सिंगापुर पुगेका प्रचण्ड को आयो सारा नेपाली लाइ रुहाउने खबर

सीताले जीवनका ५० वर्ष साथ दिइन्, उनको स्वास्थ्यका लागि केही दिन बिताउन चहान्छु’काठमाडौं, १२ असार । भनिन्छ जीवनको आधा उर्जा भनेकी धर्मपत्नी हुन् । त्यसैले पनि शास्त्रमा पत्नीलाई अर्धांगिनी भनिएको हो । सामान्य मानिसका जीवनमा पत्नीसँगका हरेक सुखदुख साथसाथ हुने सम्भावनाहरू ज्यादा रहन्छन् तर देशका लागि व्यस्त मानिसको जीवनमा पत्नीका लागि कतिबेला समय होला ?केही दिनअघि त्रिभुवन विमानस्थलबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीताको एउटा भावुक बनाउने तस्बिर भाइरल भयो । जीवनको उर्जाशील समय मुलुक रुपान्तरणका लागि युद्ध, क्रान्ति, शान्ति र निर्वाचनसम्मका लागि खटेका प्रचण्डका हरेक आरोह र अवरोहको आधा दुख पत्नी सीताले खपिन् र त यो देशमा ‘प्रचण्ड’को जीवन सफल भयो ।
अब प्रचण्ड पत्नी सीताका लागि केही गर्न चाहिरहेका छन् । उनका हत्केलामा खुसीका फूलैफूल होइन, उनको स्वास्थ्यमा रहेका समस्याको चाङ हटाउन चहान्छन्, उनलाई समय दिन चहान्छन् ।त्यसैले उनले सिंगापुरको माउन्ट एलिजावेथ मेडिकल सेन्टरमा आफ्नै उपस्थितिमा सीताको हरप्रकारका उपचारलाई जारी राखेका छन् । उनले त्यहिँबाट सन्देश पठाएका छन्, ‘सीताले जीवनका ५० वर्ष साथ दिइन्, उनको स्वास्थ्यका लागि केही दिन बिताउन चहान्छु ।’धेरैलाई लाग्नसक्छ प्रचण्ड कुनै होटलमा बसेर महँगो उपचार गराइरहेका छन् । तर होइन, उनी सिंगापुरका एक नेपालीको घरमा ‘पेइङ गेस्ट’का रूपमा बसेर अस्पताल धाइरहेका छन् । देशको शक्तिशाली व्यक्ति भए पनि प्रचण्डले सीताका लागि साधारण शैलीलाई नै अपनाएका छन् ।
जहाँ जहाँ प्रचण्ड त्यहाँ त्यहाँ सीता दाहालले साथ नदिएको समय सायदै थियो होला । तत्कालिन नेकपा माओवादीको युद्ध होस् वा शान्ति प्रक्रिया सीताको साथले नै प्रचण्डको आँट बनेको थियो । अहिले सीता अस्वस्थ्य छिन् । केही विराम छ उनलाई । सन्तानप्रेममा लिन हुने सीता केही समययता विक्षिप्ततामा छिन् । खासगरी छोरा प्रकाशको निधनपछि उनको मुहार हँसिलो, फुर्तिलो र खुसीपन देखिएको छैन । त्यहाँमाथि जेठी छोरी ज्ञानु दाहालको निधनको शोकसँगै प्रकाशको असामयिक निधनको चोट कहिँ विझिरहेको थियो ।‘अझै एक साता भन्दा बढि समय बुवा आमाको उपचारका लागि सिंगापुरै बस्ने भन्नुभएको छ, यति लामो यात्रामा आमाले गर्नुभएको योगदानले आफुसँगै देशले पनि रुपान्तरणको स्वाद पाएको भन्दै, आमाको स्वास्थ्यका लागि बुवा त्यता रहनुभएको हो’, मंगलबार सिंगापुरबाट फर्किएकी छोरी गंगाले भनिन्,‘आमाको वाटर थेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधी खुवाउनका लागि बुवा अस्पतालमा बस्नु भएको हो ।’ उनले बाबु प्रचण्डका तर्फबाट परिवारका लागि देखाएको सदासायताका लागि धन्यवाद पनि दिएकी छन् ।