Saturday, September 1, 2018

एशियाकपमा छनोट क्रिकेट : नेपाल विजयी

एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ ।
मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो ।
मलेशियालाई १६९ रनमै सीमित गर्ने क्रममा नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई, सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । मलेशियाका लागि मोहम्मद अनवरले ३४, सैद अजिज मुवारकले ३४, अहमेद फैज नुरले २२, भिरनदीप सिंहले २१, मोहम्मद रम्लीले १३ र सरभिन मुनियान्डीले १० रन बनाए ।
ययअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा दिपेन्द्रसिंह ऐरी र अरिफ शेषको अर्धशतकको मद्दतले सात विकेटको क्षतिमा १८८ रन बनाएको छ ।
नेपालका लागि कप्तान पारस खड्काले १३, अनिलकुमार साहले १६, दिपेन्द्रसिंह ऐरीले ५४, ज्ञानेन्द्र मल्लले ११, अरिफ शेषले नटआउट ६४ रनको योगदान गरे । खेल शुरु हुनुअघि बिहान भारी वर्षा भएपछि खेल ३० ओभरमा झारिएको थियो ।
नेपाल यसअघि १३ भदौमा ओमानसँग र १४ भदौमा युएइसँग पराजित भएको हो । मलेशियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । आजको जितसँगै महत्वपूर्ण दुई अङ्क समेत जोडेको छ । नेपालले अब आइतबार सिङ्गापुरसँग खेल्नेछ । रासस
प्रकाशित मिति : शनिबार, भदौ १६, २०७५

Wednesday, July 18, 2018

किन गरियो ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द ?

सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।
यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै, रिट्रायल पनि हुने छैन ।
मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र जगाती, एकान्तकुना, ठूलोभर्याङ, सुकेधारासहित देशभरका कार्यालयमा अघिल्लो आव (२०७४/७५) मा ट्रायल पास गरेका र राजश्व तिर्न बाँकी भएका सेवाग्राही लाइसेन्स कार्यालय पुगेका थिए ।
तर, कार्यालयले उनीहरुलाई कार्याविधिअनुसार नमिल्ने र विभागबाट निर्देशन नआएको भन्दै फर्काइएको कार्यालयहरुले जनाएका छन् ।

शक्ति गौचनद्वारा क्रिकेट बाट सन्यासको घोषणा

राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ। शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ । शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ । तर, नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका छन् ।

आजदेखि सूर्य बस्यो कर्कटमा, अब १ महिनासम्म सूर्यको प्रभावले हुनेछन् यी राशि भएकाहरु मालामाल

जुलाई १६,२०१८ सोमवारको दिन ग्रहहरु को राजा सूर्य कर्कट राशि चक्र मा आउँदैछ। यस अवस्थामा राहु र बुधको साथ सूर्य सम्बद्ध हुनेछ। राहुको साथ सुर्यको संयोग हुने भएकाले ग्रहणको योग बन्नेछ जहाँ बुधले पनि लाभ लिन सक्नेछ । यो तरिकाले शुभ र असामान्य योगको सिर्जना गर्नेछ । सूर्य आउँदै गर्दा मंगलको पनि दर्शन हुनेछ। सूर्य मंगल र केतु संग सूर्य को समापन हुनेछ। मंगल र केतुको साथ समस्तक समन्ध रहनेछ । संक्रान्तिको पुण्यकाल बेलुका मात्रै सुरु हुनेछ किनभने सुर्य कर्कटमा राती मात्रै प्रवेश गर्नेछ । यो संक्रान्तिको प्रभावले आगो को प्रभाव बाट एक महिना भित्र देश को केही भागहरु मा सांप्रदायिक हिंसा, प्राकृतिक प्रकोप हुने देखिन्छ । यस संकटबाट अर्को एक महिनासम्म तपाईंको राशि कस्तो हुनेछ भनेर हेर्नुहोस्।
मेष
सूर्यले तपाईंको राशिलाई चौथो चरणमा पार गर्नेछ। यो प्रवेशले तपाईंको लागि मिश्रित फल दिने देखिएको छ । यस समयमा तपाईंले पारिवारिक समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा प्रगति र फाइदाहरू उपलब्ध हुनेछन्। यो परिवर्तन विद्यार्थीहरूको लागि लाभदायक साबित हुनेछ। शिक्षा क्षेत्रमा राम्रो परिणाम हुनेछ। जीवनसाथिको स्वास्थ्यको हेरचाहमा ध्यान दिनुहोस ।
वृष
सूर्य तपाँइको राशिमा तेस्रो चरणमा प्रवेश गर्दैछ। तपाईंको साहस र आत्मविश्वास बढ्नेछ। यो समयमा भाइबहिनीहरूसँग विवाद हुन सक्छ। नोकरी गर्नेहरुले धेरै कुराहरुमा सफलता पाउँनेछन । प्रेमको मामलामा तपाईंले धैर्यता सोचेर काम गर्नुपर्छ। छोराछोरीलाई खुसी देख्न पाईनेछ ।
मिथुन
सूर्यले तपाईंको राशिमा दोस्रो चरणमा प्रवेश गर्दैछ । यो समयमा, तपाइँ आफ्नो भाषामा संयमता अपनाउनुपर्छ, अन्यथा नराम्रो परिणामको भागिदार हुन सक्छ। तपाईले जीवनसनथीबाट लाभ उठाउनुहुनेछ। कानुनी विवादमा निर्णय तपाईंको पक्षमा आउन सक्छ। यदि तपाईं विवाहित हुनुहुन्छ भने, तपाईंले आफ्नो जीवनसनथीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। कार्यस्थानमा सहनशीलताको भावनाले राम्रो नतिजा ल्याउनेछ। आर्थिक अवस्था सन्तुलित हुनेछ।
कर्कट
सूर्य तपाईंको राशिमा पहिलो चरणमा प्रवेश गर्दैछ। यो प्रवेश तपाईंको लागि मिश्रित हुनेछ । यस समयमा तपाईंको शत्रुहरू पराजित हुनेछन्। तपाईले अदालतको मामला पनि जित्नुहुनेछ। नया व्यापार सुरु गर्ने बारे सोच्नुहोस्। कामका क्षेत्रमा उच्च अधिकारीहरूको पूर्ण सहयोग प्राप्त गरिनेछ। तपाईं जोखिमबाट बच्नुहोला अन्यथा दुर्घटना हुन सक्छ।
सिहं राशि
सूर्य तपाईंको बृहत् घरमा प्रवेश गर्दैछ। यस समयमा, तपाईंको स्वास्थ्यको विशेष हेरचाह गर्नुहोस । यदि सम्भव छ भने, तपाईंको स्वास्थ्यको समय समयमा जाँच गरिरहनुहोस्। तपाईले आफ्नो कामको लागि कडा मेहनत गर्नु पर्दछ, तब तपाईले लाभ पाउनुहुनेछ। तपाईले परिवारबाट पूर्ण सहयोग पाउनुहुनेछ। आर्थिक फाईदाहरूले दिमाग आनन्दित रहनेछन्।
कन्या
सूर्यको ग्यारहह भावले तपाँइको राशिमा प्रवेश हुँदैछ। यस समयमा, विदेश जाने पूर्ण सम्भावना छ। तपाईंसँग आर्थिक लाभ हुनेछ। व्यवसायमा आफ्नो कर्मचारीहरूसँग सम्पर्क राख्नुहोस्, तपाईं लाभ र प्रतिष्ठा पाउन सक्नुहुनेछ। तपाईले विदेशी व्यापारबाट लाभ उठाउनुहुनेछ। तपाईलाई कार्यालय र काम क्षेत्रमा पदोन्नतिको योग रहेको छ ।
तुला
सूर्य तपाईंको राशिमा दशौं चरणमा प्रवेश गर्दैछ । यो तपाईंको लागि शुभ हुनेछ। कार्यस्थलमा प्रगतिको शुभ संकेतहरू छन्। तपाईंले सरकारको कुनैपनि कार्य योजनाबाट लाभ उठाउनुहुनेछ। परिवारमा तपाईंलाई पूर्णतया समर्थन हुनेछ। पदोन्नति कार्यस्थानमा पाउन सकिन्छ वा तपाईं केही अन्य सुसमाचार प्राप्त गर्नुहुनेछ । तपाईं बच्चाहरु बाट सुसमाचार प्राप्त गर्न सक्नुहुनेछ।
वृश्चिक राशि
तपाईं सुर्यको पारगमन अवधिको समयमा एक लामो यात्रा मा जान सक्नुहुन्छ। यो यात्रा तपाईंको लागि लाभदायक हुन सक्छ। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउन सक्छ। तपाँइ दुश्मनलाई हराउन सफल हुनुहुनेछ । सरकारबाट तपाईंलाई लाभ मिल्नेछ ,तपाईंको छवि समाजमा सुधार हुनेछ। तपाईंले व्यापारमा ध्यान दिनुपर्छ।
धनु
तपाईंको राशिको लागि सुर्यको प्रवेश मिश्रित हुनेछ। सूर्य तपाईंको राशिको आठौं स्थानमा पार गर्नछ । यस अवधिमा स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । तपाईंको कडा परिश्रम र अठोटले अपूर्ण कार्य पूरा गर्न सक्छ। कामको क्षेत्रमा, अधिकारीहरूको मद्दत र लाभ प्राप्त गर्न सकिनेछ । सम्मान र प्रतिष्ठाको कारण फाइदा प्राप्त गरिनेछ।
मकर
यो प्रवेश तपाईंको लागि लाभदायक साबित हुन सक्छ। सूर्य तपाईंको राशिको सातौं चरणमा प्रवेश गर्दैछ। यस समयमा तपाईले विरोधीहरुलाई तहसनहस गर्नुहुनेछ र तपाईले यस समयमा पुरानो उधार भुक्तानी गर्नुहुनेछ। वृद्ध महिलाको सहयोगमा तपाईको खराब काम सफल बन्ने देखिएको छ । तपाईंको उत्साह कामको क्षेत्रमा सिर्जना गरिनेछ। स्वास्थ्यको हेरचाह गर्नुहोस्, यात्रामा जानुहोस्।
कुम्भ
तपाईंको राशिमा सुर्यले सातौं चरणमा प्रवेश गर्दैछ । यो समय विद्यार्थीहरूको लागि राम्रो छ। यस समयमा, धेरै प्रतियोगिहरूले विजेता हुन मौका पाउनेछन्। आफ्नो जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुनेछ। यो समय व्यवसायमा भएकाहरूका लागि अनुकूल छ, जागिर परिवर्तनहरूको योग बन्छ। व्यवसायमा साझेदारीबाट लाभ हुनेछ।
मीन
सूर्य तपाईंको राशिको पाँचौं चरणमा प्रवेश गर्दैछ। कार्मचारिको लागि सरुवा हुने पूर्ण सम्भावना छ। जीवनसनथीको साथ सम्बन्ध राम्रो हुनेछ समाजमा आदर बढ्नेछ बच्चाहरूको भविष्यबारे चिन्तित हुन सक्नुहुन्छ। यो समयमा तपाईंलाई कडा मेहनत गर्नु आवश्यक छ। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउन सक्छ।

<<भारतबाट आयो अर्को दुखद् खबरः अभिनेत्रि प्रियंकाले गरिन् झुण्डिएर आत्महत्या

भारतबाट आयो अर्को दुखद् खबरः अभिनेत्रि प्रियंकाले गरिन् झुण्डिएर आत्महत्याभारतीय चलचित्र क्षेत्रबाट अर्को दुखद् खबर आएको छ । भारतीय अभिनेत्रि रीता भादुडीपछि अर्की अभिनेत्रि प्र‍ियंकाले पनि आत्महत्या गरेकी छिन् । उनले झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्र‍ियंकाले चेन्‍नईमा रहेको आफ्नै घरमा आत्महत्या गरेकी हुन् ।
उनको घरमा आफन्त आएपछि उनी झुण्डिएर आत्महत्या गरेको जानकारीमा आएको हो । भारतीय सञ्चार माध्यमका अनुसार पारिवारिक समस्याका कारण उनले आत्महत्या गरेकी हुन् । उनको धेरै पहिला विवाह भएको थियो, तर अहिले सम्म बच्चा भएको छैन ।
अहिले सम्म घटनास्थलबाट कुनै पनि सुसाइट नोट प्राप्त नभएको भारतीय प्रहरीले जानकारी दिएका छन् । प्रियंका सन टिभिमा आउँदै गरेको भैरवी कार्यक्रममा काम गरिरहेकी थिइन् । यसभन्दा अगाडी उनले धेरै टिभिहरुमा सञ्चालन भएका कार्यक्रममा महत्वपुर्ण भुमिका निर्वाहत गरेकी थिइन् । उनको निधन तालिम चलचित्र क्षेत्रमा धेरै क्षती पुगेको बताइएको छ

Tuesday, July 17, 2018

गण्डकी प्रदेश–प्रधानमन्त्रीको सम्बोधनमा काँग्रेसले अवरोध गर्ने

पोखरा, साउन २ ।
विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामा अवरोध गर्ने बताएको छ ।
केन्द्रिय समितिकै निर्णय अनुसार कुनैपनि बैठक सञ्चालन गर्न नदिने काँग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए । ‘केन्द्रकै निर्णय अनुसार अवरुद्ध गर्न लागिएको हो । नेकपालाई जानकारी पनि गराईसकिएको छ, उनले भने–विहिबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’
प्रदेशसभा सचिवालयले चाहीँ प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाईसकेको छ । काँग्रेसले विहिबार हुने सातै प्रदेशको प्रदेशसभा बैठक, प्रतिनिधीसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

ज्यानै लिने 'टिपर दादागिरि' १५ को हत्या

२७ असार बिहान ९ बजे कलंकीको त्रिशुल पेट्रोल पम्पनजिकै एक मोटरसाइकललाई टिपरले ठक्कर दियो । बा५२प ३६८९ नम्बरको मोटरसाइकलको पछाडि बसेकी ३९ वर्षीया सरिता प्रधानको अस्पताल पुग्न नपाउँदै प्राण गयो । 

२६ असार दिउँसो जडिबुटीमा टिपरकै ठक्करबाट १८ वर्षका रोयल सुवेदीको घटनास्थलमै मृत्यु भयो । साथी अमन ढुंगानाले चलाएको बा८५प ७१६ नम्बरको मोटसाइकल पछाडि बसेका थिए उनी । बा४ख ८७२५ नम्बरको टिपरले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते सुवेदीका साथी अमनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

सामाजिक सञ्जालहरूमा टिपरको दादागिरि 'ट्रोल'कै रूपमा छ्यापछ्याप्ति भेटिन्छ । कतिपयले लेख्ने गरेका छन्, 'भगवान् सबै ठाउँमा पुग्न सक्दैनन्, त्यसैले आमा पठाए । यमराज सबै ठाउँमा हुँदैनन्, त्यसैले टिपर पठाए ।' टिपरका कारण सडक दुर्घटना बढेपछि सरकारले राति आठ बजेपछि मात्र चलाउन पाउने निर्देशन जारी गर्‍यो । त्यसलगत्तै फेसबुक ट्रोलमा देखियो, 'साँझ ७.५९ मा घरभित्र पस्नु नत्र टिपर नामको यमराजले १२ बजाउँछ ।'

सामाजिक सञ्जालहरूमा यस्ता अनगिन्ति ट्रोल, स्ट्याटस र कमेन्ट पाइन्छन्, टिपरलाई केन्द्रमा राखेर । ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्री बोकेर सडकहरूमा बेपर्वाह हुइँकिने टिपरका कारण पछिल्ला ५६ दिनमा मात्र १५ जनाको ज्यान गइसकेको छ । यो तथ्यांक काठमाडौं उपत्यकाका तीन जिल्लाको मात्र हो । 

३० असार दिउँसो काठमाडौं सोल्टीमोड नजिक चितवनकी अनुजा घिमिरेको टिपरकै ठक्करबाट मृत्यु भयो । उनका दाजुले चलाएको ना७ख ९४७५ नम्बरको मोटरसाइकलमा पछाडि बसेकी थिइन्, अनुजा । उनी उच्चशिक्षा पढ्ने र जिन्दगीको गोरेटो कोर्ने लक्ष्यका साथ २÷३ दिनअघि मात्र काठमाडौं आएकी थिइन् ।

२६ जेठमा जडिबुटीमा टिपरले नै २४ वर्षीया अस्मिता राजभण्डारीको ज्यान लियो । उनी आफैंले चलाएको बा७प ९३९९ नम्बरको स्कुटीलाई बा४ख २५५८ को टिपरले ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते उनका श्रीमान्को ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 
किशोर उमेरको जोश, भत्ताको लोभ अनि तीव्र गति । काठमाडौं उपत्यकामा उकालो लागेको दुर्घटनाको ग्राफका मुख्य कारण हुन् यी ।

उपत्यकामा पछिल्ला दिनमा दुर्घटना गराउने सवारी साधनमा टिपर र ट्रक नै अग्रपंक्तिमा छन् । जेठ र असारमा मात्र दुई सय ३२ वटा दुर्घटना भइसकेका छन्, टिपर र ट्रकका । तिनमा परी १५ को मृत्यु र ९१ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था नाजुक छ । 

महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार दुर्घटनामा परेका ६५ प्रतिशत १७ देखि ३५ वर्ष उमेर समूहका छन् । र, महिलाको तुलनामा  पुरुष चार गुणाले बढी छन् । 

महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार ट्राफिक नियम पालना नगर्ने र लेन मिचेर तीव्र गतिमा हुइँकिने गरेकाले टिपरबाट हुने दुर्घटना बढेको हो । राति मात्र गुडाउन पाइने नियमबाट पनि टिपरको दादागिरि नरोकिए १ भदौदेखि दिउँसो पूर्ण रूप सबै मालवाहक सवारी साधन सडकमा निकाल्न नदिने तयारी भइरहेको एसएसपी पन्त बताउँछन् । 

काभ्रे, सिन्धुपाल्चोक, धादिङलगायत जिल्लाका खानीबाट निर्माण सामग्री बोकेर उपत्यकामा भित्र्याउने टिपरहरूका कारण दुर्घटना बढेको हो । जानकारहरूका अनुसार जति धेरै पटक निर्माण सामग्री ओसार्न सक्यो, त्यति नै भत्ता पाइने भएकाले चालकले तीव्र गतिमा टिपर हुइँक्याउँछन् । काभ्रेमा त टिपरलाई यमराजकै पर्याय मान्ने गरेका छन्, स्थानीय बासिन्दाले । 

अधिकांश टिपरमा किशोर उमेरका चालक हुने गरेकाले पनि दुर्घटनाको दर उकालो लागेको ट्राफिक प्रहरीको भनाइ छ । किशोर उमेरको जोश, भत्ताको लोभ अनि तीव्र गति । मुलुकमै सबैभन्दा बढी सवारी चाप रहेको उपत्यकामा उकालो लागेको दुर्घटनाको ग्राफका मुख्य कारण तिनै हुन् । 

ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार टिपरको बनावट पनि दुर्घटनाको कारक हो । चालक सिटबाट नजिकमा सात फिट अग्लो सवारी साधन र यात्रु मात्र देखिन्छ । जबकि, स्कुटर चालकको बढीमा साढे चार फिट र मोटरसाइकलको बढीमा ६ फिट मात्र हुन्छ । 'टिपरबाट स्कुटी, मोटरसाइकललगायत साना सवारी साधन उच्च जोखिममा पर्नुको कारण त्यही हो,' प्रहरी निरीक्षक हाछेथु भन्छन् । 

के तपाँर्इकाे हातमा पैसा टिक्दैन ? यी ९ तरिकाबाट मालामाल बन्नुहोस…

धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन् ।
१) तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस् । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् ।
२) जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।
३) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।
४) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस् । घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।
५) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन् । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपार्ईं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस् । यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस् ।
६) यो पक्कै गर्नुहोस् हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास् । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।
७) तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस् । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस् र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।
८) क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस् । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस् ।
९) चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस् । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउनेछ ।

यी ५ जीवनमंत्र अपनाउनुहोस्: तपाईले कहिल्यै झुक्नु पर्दैन

यी ५ जीवनमंत्र अपनाउनुहोस्: तपाईले कहिल्यै झुक्नु पर्दैन
विचार व्यक्त गर्नअघि एक पटक सोच्नुहोस्
बोल्न वा विचार व्यक्त गर्नुअघि एक पटक चिन्तन गर्नुहोस्, ताकि तपाईको विचार गलत समयमा नपरोस् । यो एक सामान्य उपाय हो, हामी आफ्नो रवैयालाई परिवर्तन गरेमा जीवनमा धेरै कष्ट, समस्याको कामना गर्नु पर्दैन ।
आलोचनाबाट टाढा रहने र अर्कोलाई नउडाउने (सकारात्मकता)
यदि तपाईमा माया, स्नेह, दया, करुणा वा कल्याण जस्ता सकारात्मक भावना बढी छन् भने जोसँगको सम्बन्ध सुमधुर र बलियो रहन्छ । तर, यसको विपरित रिस, राग, चिन्ता, आलोचना, गल्ती खोतल्ने बानी जस्ता नकारात्मक आचरण छन् भने सम्बन्ध मात्र होइन, तपाई आफैँ बिलाउनुहुन्छ ।
नकारात्मक भावनालाई कहिल्यै बढावा नदिऊ ताकि खुशी हुन कुनै बाहाना खोज्न नपरोस् । अरुको अलोचना गर्नुको सट्टा उसलाई प्रसंशा वा हौसला दिने बानीबासाल्नुपर्छ।
आफ्नो कमजोरीलाई ध्यानमा राख्ने
तपाई दुःखी वा रिसाउन सजिलै सक्नुहुन्छ भने यो तपाईको कमजोरी हो । र यदि खुशी हुन हुन गाह्रो पर्छ वा साना कुरामा खुशी नमिल्नु एउटा कमजोरी हो । तपाई सामाजिक हुनुहुन्छ भने साना कुरामा पनि खुशी बन्न सक्नुहुन्छ । यस्तै, मानिसमा नराम्रा बानी चाँडै अपनाउने र विकासित गर्ने बानी हुन्छ । तर, राम्रो बानी अपनाउन निकै समय लाग्छ
खुशी हुन गाह्रो
यदि तपाई ‘आजको समयमा जिउनु पर्छ’ भन्ने सोचाईको हुनुहु्न्छ भने तपार्ई त्यो खुशी व्यक्ति हो जसलाई देखेर वरपरका खुशी रहन्छन् । खुशी साना–साना कुरामा पाइन्छन्, तर प्राय जसो साना कुरामा मानिस दुःखी भएको पाउँछौ । यस शैलीलाई परिर्वत गर्न जरुरी छ, किनकि दुःखीपनले जीवन अघि बढ्न सक्दैन ।
आफूमा लागू
माथिका कुरालाई एउटा चार्टमा उतार्नुहोस् र आफूले प्राय देखिइरहेने ठाउँमा टाँस्नुहोस् । आफूमा कमि महशुस गर्नुहोस्, जीवनमन्त्रको रुपमा जीवनमा अपनाउनुहोस् ।

कांग्रेसलाई तह लगाउँन प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएका आरोप लगाए । ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।’ सुशासन ल्याउने प्रतिवद्धताबाट आफू विचलित नहुने बताउँदै ओलीले भने, ‘संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ । जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन् ।’
यस सरकारको उद्देश्य फरक रहेको बताउँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई थितिमा हिँडाउन चाहेको बताए । दुई–चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकाले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।
साथै उनले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।  यत्रो पंक्तिमा कोही लेख्न जान्ने मान्छे छ नै जस्तो लाग्दैन किनकी कसैले लेखेको देखिँदैन’ उनले भने, ‘कोही बोल्न जान्ने छ जस्तो पनि लाग्दैन । कोही बोलेको सुनिदैन । सरकारले राम्रो काम गरिरहेको छ, त्यसको प्रतिरक्षा हुँदैन ।’
उनले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी प्रगतिशील, जनपक्षीय र विकासमुखी नीति लिए पनि त्यसको प्रतिरक्षा गर्ने पार्टीभित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया पनि दिए ।

सरकारी बैंकमा जागिर, विभिन्न शहरको लागि ५०+ कर्मचारीको माग

  1. Assistant Level
  2. Required No: 14
  3. Assistant/Senior Assistant
  4. The Bank seeks enthusiastic / qualified candidates to work in Legal Department (1), Risk Management Department (2), Engineering and Infrastructure Feasibility Department (1), Infrastructure Financing Department (2), Treasury, Finance and Operation Department (3), Investment and Structured Product Development (1), Human Resource and Administration Department (2), Information Technology (IT) Department (1) and Executive Secretary (1).
  5. Eligibility Criteria:

  1. Preferably Master’s Degree but not less than Bachelor’s Degree in Management / Finance / Accounts / IT/ Engineering or other relevant field
  2. 2 years of experience in related field
  3. Note: Age should not exceed 35 years as on date of application deadline
  4. More Information & Application Details

  5. Officer Level
  6. Required No: 16
  7. The Bank seeks enthusiastic / qualified candidates to work in Legal Department (1), Risk Management Department (3), Engineering and Infrastructure Feasibility Department (2), Infrastructure Financing Department (2), Treasury, Finance and Operations Department (3), Investment and Structured Product Development Department (2), Human Resource and Administration Department (2), Information Technology (IT) Department (1)
  8. Eligibility Criteria:
  9. Master’s Degree in Management / Finance / Accounts / IT / Law/ Qualified Chartered Accountant, with 5 years’ experience in “A” class Bank of which, at least 3 years in the applied post
  10. For Officer-Engineering and Infrastructure Feasibility: Master’s Degree in Engineering with 5 years’ experience in related field
  11. Note: Age should not exceed 40 years as on last date of application.
  12. More Information & Application Details


  13. Managerial Level
  14. A. Head- Engineering and Infrastructure Feasibility Department: (Manager / Senior Manager) (Required No.1), Manager- Engineering and Infrastructure Feasibility Department (Assistant Manager/ Deputy Manager) (Required No.1)
  15. The candidate will be responsible to play pivotal role in developing, evaluating, designing large projects and also developing feasibility & detailed project report (DPR) projection for government / public / private entities as per the strategy of the bank.
  16. Eligibility Criteria:
  17. Master’s Degree in Engineering / Management / Finance
  18. Minimum 10 years’ experience for Head and 8 years’ experience for Manager, in infrastructure projects of which at least 5 years’ experience in large project designing, evaluation and implementation.
  19. B. Head- Infrastructure Financing Department: ( Manager / Senior Manager) (Required No.1),  Manager- Infrastructure Financing Department (Assistant Manager / Deputy Manager) (Required No.1)
  20. The candidate will be responsible in developing bank’s strategy for extending loans and advances, monitoring and evaluation of funded projects and recovery of loan.
  21. Eligibility Criteria:
  22. Master’s Degree in Engineering / Management / Finance
  23. Minimum 10 years’ experience for Head and 8 years’ experience for Manager, in infrastructure projects, of which at least 5 years’ experience in extending loans and advances, monitoring and evaluation of funded projects and/or recovery of loan in commercial bank.
  24. C. Company Secretary (Assistant Manager / Deputy Manager) (Required No. 1)
  25. The candidate will directly report to the Board and Chief Executive Officer. The candidate will be responsible in ensuring effective board meeting proceedings, advising board on legal matters and offering complete legal solution to the Bank.
  26. Eligibility Criteria:
  27. Master’s Degree in Law / International Law
  28. Minimum 8 years of experience in Banking Sector
  29. D. Head- Risk Management (Manager /Senior Manager) (Required No. 1)
  30. The candidate will be responsible to develop a full-fledged Risk Management System inside the Bank that works for Risk Identification, Risk Measurement, Risk Mitigation and Risk Monitoring across the Banks’ Business.
  31. Eligibility Criteria:
  32. Master’s Degree from a recognized university
  33. Minimum 10 years of experience in “A” class Bank, of which at least 5 years of experience in Risk Management
  34. E. Head- Treasury, Finance & Operations Department (Assistant Manager / Deputy Manager) (Required No.1)
  35. The candidate will be responsible to direct and oversee the functions relating to central operations, trade services operations, treasury operations and finance of the Bank.
  36. Eligibility Criteria:
  37. Master’s Degree in Banking / Finance / Management
  38. Minimum of 8 years’ experience in “A” class Bank of which at least 5 years in a senior role in operations management
  39. F. Head- Investment and Structured Product Development (Assistant Manager / Deputy Manager) (Required No.1)
  40. The candidate will be responsible to develop bank’s strategy for long term and short-term fund acquisition, structured products development and investment.
  41. Eligibility Criteria:
  42. Master’s Degree in Banking / Finance / Management
  43. Minimum of 8 years’ experience in commercial bank of which at least 5 years’ experience in financial product development and management of long term and short-term funds of the Bank
  44. G. Head- Human Resources and Administration Department (Assistant Manager / Deputy Manager) (Required No.1)
  45. The candidate will be responsible for the overall Human Resources Management and also handle all administrative functions to ensure efficient functioning of the Bank.
  46. Eligibility Criteria:
  47. Master’s Degree in Management
  48. Minimum of 8 years’ experience in “A” class Bank  with at least 5 years in human resource and/or administration functions
  49. H. Head- Information Technology Department (Assistant Manager / Deputy Manager) (Required No.1)
  50. The candidate will be responsible to ensure smooth, uninterrupted functioning of Bank’s Information Technology (IT) system by identifying and implementing new, appropriate, cost effective technology to enhance staff productivity and bank’s performance.
  51. Eligibility Criteria:
  52. Master’s Degree in Information Technology (IT)
  53. Minimum 8 years of experience in “A” class Bank with at least 5 years’ experience in the related field
  • Note: Age should not exceed 50 years as on last date of applicatio

छट्पटाउँदै डा. केसी

सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन् । श्वासप्रश्वासमा समस्या हुन थालेपछि डा. केसी बेलाबेलामा अत्तालिने गरेको खबर आजको नागरिक दैनिकले छापेको छ ।
आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको छ । मंगलबार बिहान ४ बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो । अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो ।
समाचार अनुसार विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ । मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकले बताएका छन् ।
sabhar news24 hom bata

प्रधानमन्त्री ओलीलाई रुवाएको कार्यक्रम एकसाथ ४ वटा टेलिभिजनमा आज प्रशारण हुने

 नेपालमा चर्चित चारवटा टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम आजबाट सञ्चालन हुनेछ । कथा नेपालद्वारा निर्माण तथा मनोज पाण्डेले सञ्चालन गर्ने सो कार्यक्रम नेपाल टेलिभिजनसहित एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण हुनेछ ।
उक्त कार्यक्रमको सुटिङका क्रममा नेपाली जनताको अवस्थामाबारे गरिएको प्रश्नले प्रधानमन्त्री केपी शर्मा ओली भावुक बनेका थिए । रिपोर्ट बजाएपछि नेपाली जनताको अवस्थाबारे प्रश्नकर्ताले प्रश्न गरेपछि प्रधानमन्त्री ओलीको आँखा रसाएका थिए ।
यो कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोली छ । यसबाहेक विषयगत रूपमा आवश्यकता अनुसार राष्ट्रिय योजना आयोग, तथ्यांक विभाग, विषयगत मन्त्रालय तथा विश्वविद्यालयहरूलाई समेत अध्ययन–अनुसन्धानका लागि अनुरोध गर्ने योजना कथा नेपालको छ ।
‘जनतासँग प्रधानमन्त्री’ मा विज्ञापन बजाउन शर्तहरु राखिएका छन् । कुनै पनि आयातीत सामान, गुणस्तर विभागले तिम्रा सामान गुणस्तरीय छैनन्, पब्लिकलाई नबेच भनेका सामान, स्वास्थ्यमा प्रतिकुल असर पार्ने जंकफुड, भ्याट, ट्याक्स वा यस सम्बन्धी कानुनी झमेलामा फसेका कम्पनीको उत्पादन र सेवाको विज्ञापन सो कार्यक्रममा नबजाइने बताइएको छ ।