रामेछापका सञ्जीव चौलागाईं चिप्स उप्किएको लाइसेन्स देखाउँदै यातायात व्यवस्था कार्यालय एकान्तकुनाको झ्याल नम्बर ११ देखि १६ सम्म धाउँदै थिए ।
गत कात्तिकमा लिएको लाइसेन्सको मेमोरी चिप्स उप्किएर काम नलाग्ने भयो । अर्को लाइसेन्स लिनुपर्ने बाध्यताका कारण चौलागाईं पुनः एकान्तकुना धाउन बाध्य भए ।
उनीजस्तै एक लाख ६० हजार सेवाग्राहीले अहिले यो समस्या भोगिरहेका छन् । यातायात कार्यालय एकान्तकुनामा मात्र दैनिक २० देखि ३० जनासम्म यस्ता पीडित आउने गरेका छन् ।
लिखित र ट्रायल उत्तीर्ण गरी लिएको कार्डमा 'नन्-प्रोफेसनल ड्राइभिङ लाइसेन्स' लेखिएको छ । जबकि, सबै प्रक्रिया पूरा गरेर लिएको लाइसेन्समा 'प्रोफेसनल' उल्लेख हुनुपर्ने हो । पछिल्लो समय वितरित लाइसेन्समा भने 'नन्-प्रोफेसनल' शब्द हटाइएको छ ।
यातायात व्यवस्था विभागको लापरवाहीका कारण यतिबेला पीडित सेवाग्राहीको आठ करोड रुपैयाँभन्दा बढी नोक्सान भएको छ । नेपालमा प्रयोग हुने मेसिन रिडेबल स्मार्ट लाइसेन्स बनाउने जिम्मा विभागले भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सलाई दिएको थियो ।
मद्रास सेक्युरिटीले प्रिन्टर्सले पहिलो चरणमा नेपाल पठाएको एक लाख ६० हजार प्रति लाइसेन्समा त्रुटि देख्दा देख्दै विभागले सेवाग्राहीलाई वितरण गर्यो । लाइसेन्स फिर्ता गर्र्ने वा सम्बन्धित ठेकेदारसँगको जवाफ माग्नेसम्मको आवश्यकता विभागले ठानेन । विभागले यति ठूलो समस्यालाई नजरअन्दाज गर्दै आएको छ ।
विभागका निर्देशक तुल्सीराम अर्यालले आफ्नो चिप्स उप्किएको कार्ड देखाउँदै यस विषयलाई सामान्य बताए । चिप्स उप्किएको लाइसेन्स प्रयोगमा गर्न पाइँदैन । त्यसको प्रतिलिपी लिँदा थप पाँच सय रुपैयाँ तिर्नुपर्छ । थप राजश्व र टिकटको १० रुपैयाँ जोड्दा सेवाग्राहीको आठ करोड १६ लाख रुपैयाँ नोक्सान भएको हो
No comments:
Post a Comment