Thursday, July 5, 2018

भारतीय प्रहरीले जग्गा अतिक्रमण गर्दा पनि सरकार नबोलेको भन्दै विप्लबले गर्‍यो २२ गते नेपाल बन्द

नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।
पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“विचार राख्ने सभाजुलसु गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भष्ट्राचारी, कालोबजारी र राष्ट्रघातीहरुलाई संरक्षण गरिरहेको छ” । बन्द कार्यक्रमलाई सफल बनाइदिन पार्टीले सबैलाई आग्रह गरेको छ ।

No comments:

Post a Comment