सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।
यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै, रिट्रायल पनि हुने छैन ।
मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र जगाती, एकान्तकुना, ठूलोभर्याङ, सुकेधारासहित देशभरका कार्यालयमा अघिल्लो आव (२०७४/७५) मा ट्रायल पास गरेका र राजश्व तिर्न बाँकी भएका सेवाग्राही लाइसेन्स कार्यालय पुगेका थिए ।
तर, कार्यालयले उनीहरुलाई कार्याविधिअनुसार नमिल्ने र विभागबाट निर्देशन नआएको भन्दै फर्काइएको कार्यालयहरुले जनाएका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।
नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ। शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ।
नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ ।
लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ ।
शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।
तर, नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका छन् ।
जुलाई १६,२०१८ सोमवारको दिन ग्रहहरु को राजा सूर्य कर्कट राशि चक्र मा आउँदैछ। यस अवस्थामा राहु र बुधको साथ सूर्य सम्बद्ध हुनेछ। राहुको साथ सुर्यको संयोग हुने भएकाले ग्रहणको योग बन्नेछ जहाँ बुधले पनि लाभ लिन सक्नेछ । यो तरिकाले शुभ र असामान्य योगको सिर्जना गर्नेछ । सूर्य आउँदै गर्दा मंगलको पनि दर्शन हुनेछ। सूर्य मंगल र केतु संग सूर्य को समापन हुनेछ। मंगल र केतुको साथ समस्तक समन्ध रहनेछ । संक्रान्तिको पुण्यकाल बेलुका मात्रै सुरु हुनेछ किनभने सुर्य कर्कटमा राती मात्रै प्रवेश गर्नेछ । यो संक्रान्तिको प्रभावले आगो को प्रभाव बाट एक महिना भित्र देश को केही भागहरु मा सांप्रदायिक हिंसा, प्राकृतिक प्रकोप हुने देखिन्छ । यस संकटबाट अर्को एक महिनासम्म तपाईंको राशि कस्तो हुनेछ भनेर हेर्नुहोस्।
मेष सूर्यले तपाईंको राशिलाई चौथो चरणमा पार गर्नेछ। यो प्रवेशले तपाईंको लागि मिश्रित फल दिने देखिएको छ । यस समयमा तपाईंले पारिवारिक समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा प्रगति र फाइदाहरू उपलब्ध हुनेछन्। यो परिवर्तन विद्यार्थीहरूको लागि लाभदायक साबित हुनेछ। शिक्षा क्षेत्रमा राम्रो परिणाम हुनेछ। जीवनसाथिको स्वास्थ्यको हेरचाहमा ध्यान दिनुहोस ।
वृष सूर्य तपाँइको राशिमा तेस्रो चरणमा प्रवेश गर्दैछ। तपाईंको साहस र आत्मविश्वास बढ्नेछ। यो समयमा भाइबहिनीहरूसँग विवाद हुन सक्छ। नोकरी गर्नेहरुले धेरै कुराहरुमा सफलता पाउँनेछन । प्रेमको मामलामा तपाईंले धैर्यता सोचेर काम गर्नुपर्छ। छोराछोरीलाई खुसी देख्न पाईनेछ ।
मिथुन सूर्यले तपाईंको राशिमा दोस्रो चरणमा प्रवेश गर्दैछ । यो समयमा, तपाइँ आफ्नो भाषामा संयमता अपनाउनुपर्छ, अन्यथा नराम्रो परिणामको भागिदार हुन सक्छ। तपाईले जीवनसनथीबाट लाभ उठाउनुहुनेछ। कानुनी विवादमा निर्णय तपाईंको पक्षमा आउन सक्छ। यदि तपाईं विवाहित हुनुहुन्छ भने, तपाईंले आफ्नो जीवनसनथीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। कार्यस्थानमा सहनशीलताको भावनाले राम्रो नतिजा ल्याउनेछ। आर्थिक अवस्था सन्तुलित हुनेछ।
कर्कट सूर्य तपाईंको राशिमा पहिलो चरणमा प्रवेश गर्दैछ। यो प्रवेश तपाईंको लागि मिश्रित हुनेछ । यस समयमा तपाईंको शत्रुहरू पराजित हुनेछन्। तपाईले अदालतको मामला पनि जित्नुहुनेछ। नया व्यापार सुरु गर्ने बारे सोच्नुहोस्। कामका क्षेत्रमा उच्च अधिकारीहरूको पूर्ण सहयोग प्राप्त गरिनेछ। तपाईं जोखिमबाट बच्नुहोला अन्यथा दुर्घटना हुन सक्छ।
सिहं राशि सूर्य तपाईंको बृहत् घरमा प्रवेश गर्दैछ। यस समयमा, तपाईंको स्वास्थ्यको विशेष हेरचाह गर्नुहोस । यदि सम्भव छ भने, तपाईंको स्वास्थ्यको समय समयमा जाँच गरिरहनुहोस्। तपाईले आफ्नो कामको लागि कडा मेहनत गर्नु पर्दछ, तब तपाईले लाभ पाउनुहुनेछ। तपाईले परिवारबाट पूर्ण सहयोग पाउनुहुनेछ। आर्थिक फाईदाहरूले दिमाग आनन्दित रहनेछन्।
कन्या सूर्यको ग्यारहह भावले तपाँइको राशिमा प्रवेश हुँदैछ। यस समयमा, विदेश जाने पूर्ण सम्भावना छ। तपाईंसँग आर्थिक लाभ हुनेछ। व्यवसायमा आफ्नो कर्मचारीहरूसँग सम्पर्क राख्नुहोस्, तपाईं लाभ र प्रतिष्ठा पाउन सक्नुहुनेछ। तपाईले विदेशी व्यापारबाट लाभ उठाउनुहुनेछ। तपाईलाई कार्यालय र काम क्षेत्रमा पदोन्नतिको योग रहेको छ ।
तुला सूर्य तपाईंको राशिमा दशौं चरणमा प्रवेश गर्दैछ । यो तपाईंको लागि शुभ हुनेछ। कार्यस्थलमा प्रगतिको शुभ संकेतहरू छन्। तपाईंले सरकारको कुनैपनि कार्य योजनाबाट लाभ उठाउनुहुनेछ। परिवारमा तपाईंलाई पूर्णतया समर्थन हुनेछ। पदोन्नति कार्यस्थानमा पाउन सकिन्छ वा तपाईं केही अन्य सुसमाचार प्राप्त गर्नुहुनेछ । तपाईं बच्चाहरु बाट सुसमाचार प्राप्त गर्न सक्नुहुनेछ।
वृश्चिक राशि तपाईं सुर्यको पारगमन अवधिको समयमा एक लामो यात्रा मा जान सक्नुहुन्छ। यो यात्रा तपाईंको लागि लाभदायक हुन सक्छ। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउन सक्छ। तपाँइ दुश्मनलाई हराउन सफल हुनुहुनेछ । सरकारबाट तपाईंलाई लाभ मिल्नेछ ,तपाईंको छवि समाजमा सुधार हुनेछ। तपाईंले व्यापारमा ध्यान दिनुपर्छ।
धनु तपाईंको राशिको लागि सुर्यको प्रवेश मिश्रित हुनेछ। सूर्य तपाईंको राशिको आठौं स्थानमा पार गर्नछ । यस अवधिमा स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । तपाईंको कडा परिश्रम र अठोटले अपूर्ण कार्य पूरा गर्न सक्छ। कामको क्षेत्रमा, अधिकारीहरूको मद्दत र लाभ प्राप्त गर्न सकिनेछ । सम्मान र प्रतिष्ठाको कारण फाइदा प्राप्त गरिनेछ।
मकर यो प्रवेश तपाईंको लागि लाभदायक साबित हुन सक्छ। सूर्य तपाईंको राशिको सातौं चरणमा प्रवेश गर्दैछ। यस समयमा तपाईले विरोधीहरुलाई तहसनहस गर्नुहुनेछ र तपाईले यस समयमा पुरानो उधार भुक्तानी गर्नुहुनेछ। वृद्ध महिलाको सहयोगमा तपाईको खराब काम सफल बन्ने देखिएको छ । तपाईंको उत्साह कामको क्षेत्रमा सिर्जना गरिनेछ। स्वास्थ्यको हेरचाह गर्नुहोस्, यात्रामा जानुहोस्।
कुम्भ तपाईंको राशिमा सुर्यले सातौं चरणमा प्रवेश गर्दैछ । यो समय विद्यार्थीहरूको लागि राम्रो छ। यस समयमा, धेरै प्रतियोगिहरूले विजेता हुन मौका पाउनेछन्। आफ्नो जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुनेछ। यो समय व्यवसायमा भएकाहरूका लागि अनुकूल छ, जागिर परिवर्तनहरूको योग बन्छ। व्यवसायमा साझेदारीबाट लाभ हुनेछ।
मीन सूर्य तपाईंको राशिको पाँचौं चरणमा प्रवेश गर्दैछ। कार्मचारिको लागि सरुवा हुने पूर्ण सम्भावना छ। जीवनसनथीको साथ सम्बन्ध राम्रो हुनेछ समाजमा आदर बढ्नेछ बच्चाहरूको भविष्यबारे चिन्तित हुन सक्नुहुन्छ। यो समयमा तपाईंलाई कडा मेहनत गर्नु आवश्यक छ। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउन सक्छ।
भारतबाट आयो अर्को दुखद् खबरः अभिनेत्रि प्रियंकाले गरिन् झुण्डिएर आत्महत्याभारतीय चलचित्र क्षेत्रबाट अर्को दुखद् खबर आएको छ । भारतीय अभिनेत्रि रीता भादुडीपछि अर्की अभिनेत्रि प्रियंकाले पनि आत्महत्या गरेकी छिन् । उनले झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रियंकाले चेन्नईमा रहेको आफ्नै घरमा आत्महत्या गरेकी हुन् ।
उनको घरमा आफन्त आएपछि उनी झुण्डिएर आत्महत्या गरेको जानकारीमा आएको हो । भारतीय सञ्चार माध्यमका अनुसार पारिवारिक समस्याका कारण उनले आत्महत्या गरेकी हुन् । उनको धेरै पहिला विवाह भएको थियो, तर अहिले सम्म बच्चा भएको छैन ।
अहिले सम्म घटनास्थलबाट कुनै पनि सुसाइट नोट प्राप्त नभएको भारतीय प्रहरीले जानकारी दिएका छन् । प्रियंका सन टिभिमा आउँदै गरेको भैरवी कार्यक्रममा काम गरिरहेकी थिइन् । यसभन्दा अगाडी उनले धेरै टिभिहरुमा सञ्चालन भएका कार्यक्रममा महत्वपुर्ण भुमिका निर्वाहत गरेकी थिइन् । उनको निधन तालिम चलचित्र क्षेत्रमा धेरै क्षती पुगेको बताइएको छ
पोखरा, साउन २ । विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामा अवरोध गर्ने बताएको छ ।
केन्द्रिय समितिकै निर्णय अनुसार कुनैपनि बैठक सञ्चालन गर्न नदिने काँग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए । ‘केन्द्रकै निर्णय अनुसार अवरुद्ध गर्न लागिएको हो । नेकपालाई जानकारी पनि गराईसकिएको छ, उनले भने–विहिबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’
प्रदेशसभा सचिवालयले चाहीँ प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाईसकेको छ । काँग्रेसले विहिबार हुने सातै प्रदेशको प्रदेशसभा बैठक, प्रतिनिधीसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।
२७ असार बिहान ९ बजे कलंकीको त्रिशुल पेट्रोल पम्पनजिकै एक मोटरसाइकललाई टिपरले ठक्कर दियो । बा५२प ३६८९ नम्बरको मोटरसाइकलको पछाडि बसेकी ३९ वर्षीया सरिता प्रधानको अस्पताल पुग्न नपाउँदै प्राण गयो ।
२६ असार दिउँसो जडिबुटीमा टिपरकै ठक्करबाट १८ वर्षका रोयल सुवेदीको घटनास्थलमै मृत्यु भयो । साथी अमन ढुंगानाले चलाएको बा८५प ७१६ नम्बरको मोटसाइकल पछाडि बसेका थिए उनी । बा४ख ८७२५ नम्बरको टिपरले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते सुवेदीका साथी अमनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालहरूमा टिपरको दादागिरि 'ट्रोल'कै रूपमा छ्यापछ्याप्ति भेटिन्छ । कतिपयले लेख्ने गरेका छन्, 'भगवान् सबै ठाउँमा पुग्न सक्दैनन्, त्यसैले आमा पठाए । यमराज सबै ठाउँमा हुँदैनन्, त्यसैले टिपर पठाए ।' टिपरका कारण सडक दुर्घटना बढेपछि सरकारले राति आठ बजेपछि मात्र चलाउन पाउने निर्देशन जारी गर्यो । त्यसलगत्तै फेसबुक ट्रोलमा देखियो, 'साँझ ७.५९ मा घरभित्र पस्नु नत्र टिपर नामको यमराजले १२ बजाउँछ ।'
सामाजिक सञ्जालहरूमा यस्ता अनगिन्ति ट्रोल, स्ट्याटस र कमेन्ट पाइन्छन्, टिपरलाई केन्द्रमा राखेर । ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्री बोकेर सडकहरूमा बेपर्वाह हुइँकिने टिपरका कारण पछिल्ला ५६ दिनमा मात्र १५ जनाको ज्यान गइसकेको छ । यो तथ्यांक काठमाडौं उपत्यकाका तीन जिल्लाको मात्र हो ।
३० असार दिउँसो काठमाडौं सोल्टीमोड नजिक चितवनकी अनुजा घिमिरेको टिपरकै ठक्करबाट मृत्यु भयो । उनका दाजुले चलाएको ना७ख ९४७५ नम्बरको मोटरसाइकलमा पछाडि बसेकी थिइन्, अनुजा । उनी उच्चशिक्षा पढ्ने र जिन्दगीको गोरेटो कोर्ने लक्ष्यका साथ २÷३ दिनअघि मात्र काठमाडौं आएकी थिइन् ।
२६ जेठमा जडिबुटीमा टिपरले नै २४ वर्षीया अस्मिता राजभण्डारीको ज्यान लियो । उनी आफैंले चलाएको बा७प ९३९९ नम्बरको स्कुटीलाई बा४ख २५५८ को टिपरले ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते उनका श्रीमान्को ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
किशोर उमेरको जोश, भत्ताको लोभ अनि तीव्र गति । काठमाडौं उपत्यकामा उकालो लागेको दुर्घटनाको ग्राफका मुख्य कारण हुन् यी ।
उपत्यकामा पछिल्ला दिनमा दुर्घटना गराउने सवारी साधनमा टिपर र ट्रक नै अग्रपंक्तिमा छन् । जेठ र असारमा मात्र दुई सय ३२ वटा दुर्घटना भइसकेका छन्, टिपर र ट्रकका । तिनमा परी १५ को मृत्यु र ९१ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था नाजुक छ ।
महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार दुर्घटनामा परेका ६५ प्रतिशत १७ देखि ३५ वर्ष उमेर समूहका छन् । र, महिलाको तुलनामा पुरुष चार गुणाले बढी छन् ।
महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार ट्राफिक नियम पालना नगर्ने र लेन मिचेर तीव्र गतिमा हुइँकिने गरेकाले टिपरबाट हुने दुर्घटना बढेको हो । राति मात्र गुडाउन पाइने नियमबाट पनि टिपरको दादागिरि नरोकिए १ भदौदेखि दिउँसो पूर्ण रूप सबै मालवाहक सवारी साधन सडकमा निकाल्न नदिने तयारी भइरहेको एसएसपी पन्त बताउँछन् ।
काभ्रे, सिन्धुपाल्चोक, धादिङलगायत जिल्लाका खानीबाट निर्माण सामग्री बोकेर उपत्यकामा भित्र्याउने टिपरहरूका कारण दुर्घटना बढेको हो । जानकारहरूका अनुसार जति धेरै पटक निर्माण सामग्री ओसार्न सक्यो, त्यति नै भत्ता पाइने भएकाले चालकले तीव्र गतिमा टिपर हुइँक्याउँछन् । काभ्रेमा त टिपरलाई यमराजकै पर्याय मान्ने गरेका छन्, स्थानीय बासिन्दाले ।
अधिकांश टिपरमा किशोर उमेरका चालक हुने गरेकाले पनि दुर्घटनाको दर उकालो लागेको ट्राफिक प्रहरीको भनाइ छ । किशोर उमेरको जोश, भत्ताको लोभ अनि तीव्र गति । मुलुकमै सबैभन्दा बढी सवारी चाप रहेको उपत्यकामा उकालो लागेको दुर्घटनाको ग्राफका मुख्य कारण तिनै हुन् ।
ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार टिपरको बनावट पनि दुर्घटनाको कारक हो । चालक सिटबाट नजिकमा सात फिट अग्लो सवारी साधन र यात्रु मात्र देखिन्छ । जबकि, स्कुटर चालकको बढीमा साढे चार फिट र मोटरसाइकलको बढीमा ६ फिट मात्र हुन्छ । 'टिपरबाट स्कुटी, मोटरसाइकललगायत साना सवारी साधन उच्च जोखिममा पर्नुको कारण त्यही हो,' प्रहरी निरीक्षक हाछेथु भन्छन् ।
धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन् ।
१) तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस् । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् ।
२) जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।
३) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।
४) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस् । घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।
५) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन् । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपार्ईं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस् । यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस् ।
६) यो पक्कै गर्नुहोस् हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास् । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।
७) तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस् । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस् र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।
८) क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस् । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस् ।
९) चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस् । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउनेछ ।
यी ५ जीवनमंत्र अपनाउनुहोस्: तपाईले कहिल्यै झुक्नु पर्दैन विचार व्यक्त गर्नअघि एक पटक सोच्नुहोस्
बोल्न वा विचार व्यक्त गर्नुअघि एक पटक चिन्तन गर्नुहोस्, ताकि तपाईको विचार गलत समयमा नपरोस् । यो एक सामान्य उपाय हो, हामी आफ्नो रवैयालाई परिवर्तन गरेमा जीवनमा धेरै कष्ट, समस्याको कामना गर्नु पर्दैन ।
आलोचनाबाट टाढा रहने र अर्कोलाई नउडाउने (सकारात्मकता)
यदि तपाईमा माया, स्नेह, दया, करुणा वा कल्याण जस्ता सकारात्मक भावना बढी छन् भने जोसँगको सम्बन्ध सुमधुर र बलियो रहन्छ । तर, यसको विपरित रिस, राग, चिन्ता, आलोचना, गल्ती खोतल्ने बानी जस्ता नकारात्मक आचरण छन् भने सम्बन्ध मात्र होइन, तपाई आफैँ बिलाउनुहुन्छ ।
नकारात्मक भावनालाई कहिल्यै बढावा नदिऊ ताकि खुशी हुन कुनै बाहाना खोज्न नपरोस् । अरुको अलोचना गर्नुको सट्टा उसलाई प्रसंशा वा हौसला दिने बानीबासाल्नुपर्छ।
आफ्नो कमजोरीलाई ध्यानमा राख्ने
तपाई दुःखी वा रिसाउन सजिलै सक्नुहुन्छ भने यो तपाईको कमजोरी हो । र यदि खुशी हुन हुन गाह्रो पर्छ वा साना कुरामा खुशी नमिल्नु एउटा कमजोरी हो । तपाई सामाजिक हुनुहुन्छ भने साना कुरामा पनि खुशी बन्न सक्नुहुन्छ । यस्तै, मानिसमा नराम्रा बानी चाँडै अपनाउने र विकासित गर्ने बानी हुन्छ । तर, राम्रो बानी अपनाउन निकै समय लाग्छ
खुशी हुन गाह्रो
यदि तपाई ‘आजको समयमा जिउनु पर्छ’ भन्ने सोचाईको हुनुहु्न्छ भने तपार्ई त्यो खुशी व्यक्ति हो जसलाई देखेर वरपरका खुशी रहन्छन् । खुशी साना–साना कुरामा पाइन्छन्, तर प्राय जसो साना कुरामा मानिस दुःखी भएको पाउँछौ । यस शैलीलाई परिर्वत गर्न जरुरी छ, किनकि दुःखीपनले जीवन अघि बढ्न सक्दैन ।
आफूमा लागू
माथिका कुरालाई एउटा चार्टमा उतार्नुहोस् र आफूले प्राय देखिइरहेने ठाउँमा टाँस्नुहोस् । आफूमा कमि महशुस गर्नुहोस्, जीवनमन्त्रको रुपमा जीवनमा अपनाउनुहोस् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएका आरोप लगाए । ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।’ सुशासन ल्याउने प्रतिवद्धताबाट आफू विचलित नहुने बताउँदै ओलीले भने, ‘संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ । जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन् ।’
यस सरकारको उद्देश्य फरक रहेको बताउँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई थितिमा हिँडाउन चाहेको बताए । दुई–चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकाले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।
साथै उनले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । यत्रो पंक्तिमा कोही लेख्न जान्ने मान्छे छ नै जस्तो लाग्दैन किनकी कसैले लेखेको देखिँदैन’ उनले भने, ‘कोही बोल्न जान्ने छ जस्तो पनि लाग्दैन । कोही बोलेको सुनिदैन । सरकारले राम्रो काम गरिरहेको छ, त्यसको प्रतिरक्षा हुँदैन ।’
उनले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी प्रगतिशील, जनपक्षीय र विकासमुखी नीति लिए पनि त्यसको प्रतिरक्षा गर्ने पार्टीभित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया पनि दिए ।
The Bank seeks enthusiastic / qualified candidates to work in Legal Department (1), Risk Management Department (2), Engineering and Infrastructure Feasibility Department (1), Infrastructure Financing Department (2), Treasury, Finance and Operation Department (3), Investment and Structured Product Development (1), Human Resource and Administration Department (2), Information Technology (IT) Department (1) and Executive Secretary (1).
Eligibility Criteria:
Preferably Master’s Degree but not less than Bachelor’s Degree in Management / Finance / Accounts / IT/ Engineering or other relevant field
2 years of experience in related field
Note: Age should not exceed 35 years as on date of application deadline
The Bank seeks enthusiastic / qualified candidates to work in Legal Department (1), Risk Management Department (3), Engineering and Infrastructure Feasibility Department (2), Infrastructure Financing Department (2), Treasury, Finance and Operations Department (3), Investment and Structured Product Development Department (2), Human Resource and Administration Department (2), Information Technology (IT) Department (1)
Eligibility Criteria:
Master’s Degree in Management / Finance / Accounts / IT / Law/ Qualified Chartered Accountant, with 5 years’ experience in “A” class Bank of which, at least 3 years in the applied post
For Officer-Engineering and Infrastructure Feasibility: Master’s Degree in Engineering with 5 years’ experience in related field
Note: Age should not exceed 40 years as on last date of application.
A. Head- Engineering and Infrastructure Feasibility Department: (Manager / Senior Manager) (Required No.1), Manager- Engineering and Infrastructure Feasibility Department (Assistant Manager/ Deputy Manager) (Required No.1)
The candidate will be responsible to play pivotal role in developing, evaluating, designing large projects and also developing feasibility & detailed project report (DPR) projection for government / public / private entities as per the strategy of the bank.
Eligibility Criteria:
Master’s Degree in Engineering / Management / Finance
Minimum 10 years’ experience for Head and 8 years’ experience for Manager, in infrastructure projects of which at least 5 years’ experience in large project designing, evaluation and implementation.
The candidate will be responsible in developing bank’s strategy for extending loans and advances, monitoring and evaluation of funded projects and recovery of loan.
Eligibility Criteria:
Master’s Degree in Engineering / Management / Finance
Minimum 10 years’ experience for Head and 8 years’ experience for Manager, in infrastructure projects, of which at least 5 years’ experience in extending loans and advances, monitoring and evaluation of funded projects and/or recovery of loan in commercial bank.
C. Company Secretary (Assistant Manager / Deputy Manager) (Required No. 1)
The candidate will directly report to the Board and Chief Executive Officer. The candidate will be responsible in ensuring effective board meeting proceedings, advising board on legal matters and offering complete legal solution to the Bank.
Eligibility Criteria:
Master’s Degree in Law / International Law
Minimum 8 years of experience in Banking Sector
D. Head- Risk Management (Manager /Senior Manager) (Required No. 1)
The candidate will be responsible to develop a full-fledged Risk Management System inside the Bank that works for Risk Identification, Risk Measurement, Risk Mitigation and Risk Monitoring across the Banks’ Business.
Eligibility Criteria:
Master’s Degree from a recognized university
Minimum 10 years of experience in “A” class Bank, of which at least 5 years of experience in Risk Management
E. Head- Treasury, Finance & Operations Department (Assistant Manager / Deputy Manager) (Required No.1)
The candidate will be responsible to direct and oversee the functions relating to central operations, trade services operations, treasury operations and finance of the Bank.
Eligibility Criteria:
Master’s Degree in Banking / Finance / Management
Minimum of 8 years’ experience in “A” class Bank of which at least 5 years in a senior role in operations management
F. Head- Investment and Structured Product Development (Assistant Manager / Deputy Manager) (Required No.1)
The candidate will be responsible to develop bank’s strategy for long term and short-term fund acquisition, structured products development and investment.
Eligibility Criteria:
Master’s Degree in Banking / Finance / Management
Minimum of 8 years’ experience in commercial bank of which at least 5 years’ experience in financial product development and management of long term and short-term funds of the Bank
G. Head- Human Resources and Administration Department (Assistant Manager / Deputy Manager) (Required No.1)
The candidate will be responsible for the overall Human Resources Management and also handle all administrative functions to ensure efficient functioning of the Bank.
Eligibility Criteria:
Master’s Degree in Management
Minimum of 8 years’ experience in “A” class Bank with at least 5 years in human resource and/or administration functions
H. Head- Information Technology Department (Assistant Manager / Deputy Manager) (Required No.1)
The candidate will be responsible to ensure smooth, uninterrupted functioning of Bank’s Information Technology (IT) system by identifying and implementing new, appropriate, cost effective technology to enhance staff productivity and bank’s performance.
Eligibility Criteria:
Master’s Degree in Information Technology (IT)
Minimum 8 years of experience in “A” class Bank with at least 5 years’ experience in the related field
Note: Age should not exceed 50 years as on last date of applicatio
सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन् । श्वासप्रश्वासमा समस्या हुन थालेपछि डा. केसी बेलाबेलामा अत्तालिने गरेको खबर आजको नागरिक दैनिकले छापेको छ ।
आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको छ । मंगलबार बिहान ४ बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो । अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो ।
समाचार अनुसार विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ । मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकले बताएका छन् ।
नेपालमा चर्चित चारवटा टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम आजबाट सञ्चालन हुनेछ । कथा नेपालद्वारा निर्माण तथा मनोज पाण्डेले सञ्चालन गर्ने सो कार्यक्रम नेपाल टेलिभिजनसहित एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण हुनेछ ।
उक्त कार्यक्रमको सुटिङका क्रममा नेपाली जनताको अवस्थामाबारे गरिएको प्रश्नले प्रधानमन्त्री केपी शर्मा ओली भावुक बनेका थिए । रिपोर्ट बजाएपछि नेपाली जनताको अवस्थाबारे प्रश्नकर्ताले प्रश्न गरेपछि प्रधानमन्त्री ओलीको आँखा रसाएका थिए ।
यो कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोली छ । यसबाहेक विषयगत रूपमा आवश्यकता अनुसार राष्ट्रिय योजना आयोग, तथ्यांक विभाग, विषयगत मन्त्रालय तथा विश्वविद्यालयहरूलाई समेत अध्ययन–अनुसन्धानका लागि अनुरोध गर्ने योजना कथा नेपालको छ ।
‘जनतासँग प्रधानमन्त्री’ मा विज्ञापन बजाउन शर्तहरु राखिएका छन् । कुनै पनि आयातीत सामान, गुणस्तर विभागले तिम्रा सामान गुणस्तरीय छैनन्, पब्लिकलाई नबेच भनेका सामान, स्वास्थ्यमा प्रतिकुल असर पार्ने जंकफुड, भ्याट, ट्याक्स वा यस सम्बन्धी कानुनी झमेलामा फसेका कम्पनीको उत्पादन र सेवाको विज्ञापन सो कार्यक्रममा नबजाइने बताइएको छ ।
आज सिधाकुरा जनतासँग कार्यक्रमको २५० औँ श्रृङखला हो । यहाँसम्म आइपुग्दा हामी कयाैं का प्रिय भयाैं र सयौँका दुश्मन भयौँ । स,सना बिषयमा ठुलो ठुलो आवाज उठाउन हामीले गरेको प्रयास जुन स्तरले हुर्किदैछ, त्यसलाई हेर्दा लाग्छ, गरे हुने रहेछ । राजनीतिक ठुला ठुला बहस चलिरहँदा सर्वसाधारणको दैनिकी किन असहज हुने ?
मेलम्ची कहिले आउँछ थाहा छैन, जहिले आएपनि ठिक छ तर मेलम्ची नआउन्जेल पैसा तिरेर किनेको जारको, बोत्तलको पानीमा पनि विषादी ? आज सर्वसाधारण जनताले तरकारी खान डराउनु परेको छ, औषधि किन्दा आत्तिनु परेको छ, बाटो हिड््दा कतिखेर खाल्डोमा परेर गोडा मर्किने हो थाहा छैन, बर्खा याममा सार्वजनिक सवारी चड्न डराउनु परेको छ ।
ठुला ठुला वहसको उपादयता माथि प्रश्न गरेको होइन तर १२ रुपैयामा किसानसँग किनेको तरकारी उपभोक्ता भान्छामा पुग्दा ८० रुपैयाँ हुन्छ । सिचाइका बडेमानका योजना बनिरहँदा घर घरका समस्या बर्षौदेखि ज्युको त्यु भैरह्यो ।
बस हामी यसैमा केन्द्रित हुन चाहेको मात्र हौ तर यति जाबो झिना मासिना कुरामा बोल्ने हामी बबुराहरुको आवाजले टाउको दुखेर, केही मानिसहरु हैरान छन् । ठुला कुरा ठुला काम हँुदै गर्लान तर विजुलीको मिटर जोड्न घुस नखुवाई हुँदैन, एउटा खुट्टामा रोग छ अर्को खुट्टामा उपचार हुन्छ, सामुदायिक विद्यालयमा पढाउन पुस्तक, टेबुल, कुर्सी, शिक्षक छैनन्, नीजि स्कुल पढाउन तलबले कमाइले पुग्दैन ।
परिवार पाल्नै प¥यो, औषधि उपचार गर्नै प¥यो, मर्नु भएन चिच्याउनु रुनु भएन, भएको जेथा बेचेर विदेश जान खोज्यो दलालले पैसा खाइदिन्छ । जसो तसो विदेश पुग्यो भनेको काम पनि मिल्दैन दाम पनि मिल्दैन । यो समस्या कति वर्षसम्म चलाइ राख्ने ?
कुइन्टलका कुइन्टल सुन सेटिङमा एरर्पोटबाट छिर्छ, देख्दैनन् । गरिब नेपालीले ल्याएको केही ग्राम सुनमा सरकार बल्ड्याङग्रे आँखा लगाँउछ । भुकम्पनले ढलेको घर उठाउन सकिएको छैन, बाढिले बगेका बस्तीका जनताको आँखा नओभाउँदै अर्को बाढी, ढोकै अगाडी मुख बाहेर बसिसक्यो । छिमेकी देश उसका जनता बचाउँदा हाम्रा जनता मरेको र्हेदैन, हामी छिमेकीसँग एक शब्द बोल्न सक्दैनौ बरु प्रत्येक बर्ष आफ्ना जनताको लास गन्छौ, क्षती भएका घर गन्छौ मुचुल्का उठाउँछौँ, मुद्धा कहिल्यै उठाउँदैनौँ ।
धुलो धुवाँ र हिलोमा सिंगै जेनेरेशनको कष्टप्रद जीवन वित्यो तर त्यही हिलोमा चप्पल पड्काएर टाउकासम्म हिलो पुगेको इतिहास बोकेकाहरु आज राज्यले दिएको करोड माथीको गाडी चड्ने भए ।
देश हिलो मुक्त भएन, जनता हिलो मुतm भएनन्, मात्र नेताजीको सातपुस्ता हिलो मुक्त भो धुलो मुक्त भो । एउटा सत्याग्र्रही डाक्टर आफ्नो जीवनको परवाह नगरी जनताको पहुँच स्वास्थ्य शिक्षामा पुगोस, भनेर १५ आँै पटक सम्म अनसन बस्छ, शिक्षा र स्वास्थ्यलाई व्यापार बनाउनेहरु उ कहिले मछ्र्र भनेर धारे हात लगाउँछन्, दिन गनेर बस्छन् । महाशयहरु निष्ठा मर्दैन, कहिले पनी मर्दैन ।
बनाई नसक्दै भत्किने पुल, पिच गरेको २ दिनमा उप्किने बाटो, अनि असार मसान्त भित्र बजेट सक्न सत्यानास पारिएका आयोजनाका बजेट बारे बोल्दा आवाज चर्को लाग्छ भनेर नै टिभि बनाउनेले हातमै कन्ट्रोल भएको रिमोट सहितका टिभिहरु बनाएका हुन ।
इच्छा अनुसार टिभिको आवाज आँफैले घटाउन र बढाउन सकिन्छ तर हामी चाही आफ्नो आवाजलाइ मर्न परे पनि घटाउँदैनौँ । किन भने यो आवाज, अभाव, गरिबी, वेथिती, विकृती, विसंगतीले थिलो थिलो पारेको आम सर्वसाधारण नेपालीको आवाज हो जसलाई जनताले आफ्नो आवाज सम्झेका छन् ।
जनताको पैसाले चल्ने टेलिभिजन र रेडियो सिंहदरबार भित्र छ, आम मानिसले छिर्न पनि पाउँदैनन् तर दलका कार्यकता र कयौँ दलालका हर्ताकर्ताहरुले कुन्नी कसरी हो सजिलै भित्र छिर्न पास पाएका छन् ।
जनताको भोट लिएर मन्त्री बनेका व्यक्तिहरु जनतालाई बाहिर राखेर कार्यकर्ता नै कार्यकर्ताबाट घेरिएका छन् । त्यसैले हामी चाडै नै तपाइको गुनासो २४सै घण्टा सुनेर त्यस उपर काम गर्ने तयारी गर्दैछौँ ।
हामी प्रहरी बन्न खोजेका होइनौँ, न्यायाधिस बन्न खोजेका होइनौ, सरकार बन्न खोजेका होइनौ । यो समाज अमेरीका, युरोप,जापान जस्ता रुल अफ ल मा चल्न सकेको भए हामीले समाचार देखाइदिए मात्र पूग्थ्यो ।
यहाँ त घरबाट पाइला निकाले देखि राती फर्केर घर भित्र पाइला नराखुन्जेल कयौँ ठाँउमा, लुटिनु पर्छ, ठगीनु पर्छ पील्सिनु पर्छ, कमीशन खुवाउनु पर्छ ,पिटाइ खानुपर्छ, लखेटिनुपर्छ बलत्कृत हुनु पर्छ ।
केही उपाय नलागे बाध्य भएर मर्नु समेत पर्छ । गलत पात्र प्रवृत्तिको पर्दाफास मात्र गरेर ड्युटी सकियो भन्दै हामी बस्दै बस्दैनौँ बरु उल्टो आइपरे फिल्डमा प्रहरी मात्र होइन आर्मी नै बनेर उत्रिन परेपनि यो देशका लागि तयार छौँ, तैनाथ छौँ ।
प्रहरी प्रशासन र अदालतलाई हामीले इन्टरफेयर गरेका होइनौ, सहयोग गरेका हौँ । सम्मान चाहिदैन सरकार, मौका मिले कन्जुस्याई नगरी धन्यवाद दिनु भयो भने अहोरात्र खटेर लागि परेका देशै भरीका हाम्रा टिभी जर्नलिष्टहरु लगाएत हामी सबैलाई अझै केही गरेर देखाउन प्रेरणा मिल्छ । यो क्यामेरा र माइक्रोफोनको सदैव सम्मान र सदुपयोग गर्नेछौँ ।
मेष राशि हुनेहरुको लागि भोलि मध्याह्नसम्म गोचर स्थिति ठिकै देखिएको छ । रपनि फुर्ति ठूलै हुने तर बढी ईच्छा राखेको काम बन्न कठिन पर्नेछ । नगरी नहुने कार्यलाई अल्लि बढी ताकेता गर्नु उपयुक्त हुनेछ । मध्याह्नपछि भने कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ । हतारभन्दा धैर्य गर्नु तपाईँको लागि बुद्धिमानी हुनेछ । कसैकसैलाई वादविवादको झमेला पर्नसक्ने छ बोली तथा व्यवहारमा होसियारी रहनुपर्ला । चार अंक, सेतो एवम् उज्यालो रङ्गलाई प्रयोग गर्नु शुभप्रद हुनेछ भने मध्याह्नपूर्व भगवान श्री हनुमानको स्तुति र उपरान्त आमाको सेवा गर्नु वा आमाको आज्ञा पालन गर्नु फापसिद्ध हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन फलिफाप ग्रहगोचर परेको छ । शारीरिक एवम् मानसिक शक्तिको भरपुर प्रयोग गरेर बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । यद्यपि महत्त्वपूर्ण काममा केही अवरोध आउनसक्ने कुरालाई नकार्न सकिन्न तर पनि जोशजाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथोचित आर्थिक उपार्जन गर्न सकिनेछ । महत्त्वपूर्ण कार्यमा आउने बाधाबिघ्न निवारणको लागि भैरवदेवलाई खुशी बनाउनु उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि भोलिको दिन ग्रहगोचरको केही अबरोधको बाबजुत पनि उद्यम–व्यवसायिक कार्यमा स्तरोन्नतिको जमर्को हुनेछ । प्राकृतिक रमाइलोपनको वातावरणको संसर्ग मिल्नेछ । अनूकुलताको महसूस हुनाले उमंग एवं उत्साह बढ्नेछ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अबसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । धनधातु एवं खजानाको कोष बृद्धिहुने छ । परोपकार आदि समाजसेवा जन्य काममा पनि भूमिका निर्वाह गर्न पाइने छ । भोलि यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्गको प्रयोग व्यवहार शुभ हुनेछ भने कुमारी देवीको श्रद्धाभक्ति एवं दर्शन गर्नाले थप सफलता दिनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन यद्यपि मध्याह्नबाट सुधार आउनेछ रपनि दिन संघर्षकारक नै रहेको बुझ्न जरुरी छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ । सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्ला । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले मध्याह्नबाट परिस्थितिमा सुधार आई समस्याहरु सुल्झिन थाल्नेछन् । क्रमशः मानसिक शान्ति बढ्ने र चैन मिल्ने छ । कुनै कन्यालाई दान दिनु र माँ इन्द्रायणीको स्तुति आराधना गरी कार्यक्षेत्रमा लाग्नु भोलि तपाईको लागि शुभफलकारक हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि भोलिको दिन मध्यम अनुकूल रहेको छ । केही संघर्षको अनुभूति हुनसक्ने भएपनि खर्चको बाबजुत केही कामकार्य अघि बढ्नसक्ने सम्भावना देखिएको छ । स्वकर्ममा रत्रहनाले आकस्मिक आयआम्दानी पनि हुनेछ । स्वजनसँग विछोडिन पर्ने तथा कसै कसैलाई अप्रिय समाचार सुन्नुपर्ने पनि हुनसक्नेछ । भौतिक आसक्ति बढी भएका व्यक्तिहरुलाई चिन्ता बढ्नसक्ने छ । आफ्नो नियतमा सकारात्मक भावना राख्नेलाई सम्भावित प्रतिकूलता कम भई शुभ फल प्राप्त हुनेछ । भोलि तपाईले भगवान श्री हनुमानदेवको स्तुति आराधना तथा साधना गर्नु विशेष पूण्यप्रद हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि भोलिको दिनको पहिलो खण्ड आश्वासन मिल्ने काम बनिहाल्न ढिलाई हुने हुनसक्नेछ । क्रमशः प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । भोलि यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने आत्मबलमा आएको ह्रासलाई न्यूनिकरण गर्न भगवान हनुमानजीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि भोलि यद्यपि मान एवं अर्थ लाभ हुने दिन परेको छ । तथापि विशेष मानिएको उपलब्धि हुनलाई भने अबरोध देखिएको छ । पेशा एवम् व्यवसायको महत्त्वकांक्षी योजना भने हुनसक्ने छ । मानसम्मान मिल्ने, सामाजिक प्रतिष्ठा बढ्न भने सक्नेछ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । भोलि तपाईको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र भैरवदेवको दर्शनभक्ति शुभकर हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन मध्यान्हसम्मको समय अल्लि कष्टकर नै रहनेछ । संघर्ष जन्य परिस्थितिसँग मुकाबिला गरिरहनु पर्नेछ । उपरान्त क्रमशः अनुकूलता आउनाले स्वास्थ्यमा सुधार आउने छ । केही अपयशको बाबजुतपनि अध्यात्मिक तथा आस्तिक भावना बढ्ने एवम् धर्मकर्ममा मन जाने र धार्मिक कार्यमा सरिक हुनसकिने छ । मनोकूल वातावरण बन्दै जानाले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा हुनेछ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिएको छ । भोलि यहाँलाई नौ अंक पहेलो रंग र असहाय क्षेत्रलाई सहयोग गर्नु फलिफाप सिद्ध हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि भोलिको दिन मध्याह्नसम्म उपयुक्त रहेपनि उपरान्त विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुन सक्नेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । भोलि तपाईको लागि माँ इन्द्रायणीको स्तुति उपाशना एवं भक्ति गर्नु हितकर हुनेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्ने हुनाले समग्रमा दिन उमङ्गिलो रहनेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सजिलो हुनेछ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । क्रमशः प्रमोदीचर्या बढ्ने गोचर परेकोले दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ । भोलि तपाईको लागि माँ भुवनेश्वरीको भक्तिभाव गर्नु शुभप्रद हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन मध्याह्नसम्म दिन स्वानुकूल नै रहने देखिन्छ । केही कामकार्य बन्ने र विद्याबुद्धिको विकास हुनेछ । अपराह्नबाट भने अप्रत्यक्ष रुपमा बाधाब्याबधान नआउला भन्न नसकिने गोचर भएपनि सामान्यतया दैनिकी कामकार्य ठिकै रुपमा सुचारु हुनसक्ने छन् । बढी ईच्छ्याएको काम कार्यान्वयन हुन अल्लि गार्हो पर्ने भएकोले आज यहाँले कुनै पनि विषयमा बढी आसक्ति नगरेको राम्रो हुनेछ । तथापि आत्मबल एवं कान्ति बृद्धि हुनेछ । कलाकौशलता बढ्दो रहनेछ, शर्त गरेर विपक्षिसँग सम्झौतामा आउनसकिने छ । भोलि तपाईँको लागि पाँच र छ अङ्क, रातो र हरियो रङ्गको प्रयोग शुभप्रद हुनेछ भने भैरवदेवको स्तुति शुभकर हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन मध्याह्नसम्मको समय केही संघर्षकर देखिएको छ । जनव्यवहार एवं कामकार्यमा अल्लि सावधानी अप्नाउनु पर्नेछ । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा केही सुधार आउने छ रपनि नीति तथा सैद्धान्तिक विचलनको सम्भावना छ । बोलीको काममा संयमता अप्नाउनु पर्ला अन्यथा पछि पश्चाताप पर्नसक्ने र गोपनीयता खुस्कन सक्ने सम्भावना छ । विद्यार्थीवर्गको लागि फाइदाकर हुने दिन छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । भोलि पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने सामान्यतया कठिनाइको सामना गरिरहनु हुनेहरुले कठिनाईको न्यूनिकरणको लागि देवी कुमारीको स्तुति दर्शन भक्ति गर्नु उपयुक्त हुनेछ ।
मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढुक्क हुनहोस, फुटेको मोबाइलाको साटो नयाँ मोबाईल पाउनु हुनेछ । किनकि, अब तपाईको मोबाइलको रक्षा गर्नेछ,मेरो सुरक्षाले ।
नेपालमै पहिलोपटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्न यो स्किम ल्याएको हो । मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि ‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ नामक योजना सुरु गरेको छ ।
मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरगत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइलसेट उपलब्ध गराई टेन्सन मुक्त जीवनमा सहयोग गर्नेछ ।
कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवाारले बताए ।
‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ । व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ । जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ । यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने ।
यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ ।
यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।
आजदेखि लागू हुने सो नीतिअनुरुप नेपाली रुपैयाँ पाँच हजारसम्म वा अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबरको विदेशी मुद्रा र धारक विनिमय अधिकारपत्र नेपालबाट विदेश लैजान र विदेशबाट नेपाल ल्याउन सकिने सीमा निर्धारण गरेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले उल्लेख गर्नुभएको छ ।
कुनै पनि व्यक्तिले आफ्नो देशबाहिर जाँदा त्यस्तो मुद्रा वा धारक विनिमय अधिकारपत्रको विवरण भन्सार अधिकृत र कार्गो, कुरियर हुलाकमार्फत् भए सम्बन्धित कार्यालयसमक्ष तोकिएको ढाँचामा उद्घोष गर्नुपर्ने बैंकले जानकारी गराएको छ ।
माण्डवी त्रिपाठीको स्वरमा रहेको गीत ‘तिमि त मेरो प्राण हौ’ बोलको गीतको म्युजिक भिडियोमा यो जोडी देखिएको हो। उषा किरण श्रेष्ठको शब्द रहेको गीतमा सङ्गीत दीपक शर्माले भरेका छन्। गीतको छायाङ्कन बिदुर पाण्डेले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ।
बुटवल उपमहानगरपालिका क्षेत्रभित्र ‘मिनी फेवाताल’ बन्दै छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । बुटवलभित्र प्राकृतिक सिमसार क्षेत्र पनि छ भन्ने कतिपय बुटवलबासीलाई नै थाहा छैन ।
बुटवल उपमहानगरपालिकाले बुटवल वडा नंं. १६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘मिनी फेवा ताल’का रुपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाएको छ ।
साविकको सेमलार गाविस वडा नंं. ५ र ६ मा रहेको प्राचीन कपरकट्टी ताललाई उपमहानगरपालिकाले नजिकै रहेको नरैनापूर धामसँग जोडेर पर्यटकीय विकास गर्ने योजना अगाडि सारेको हो ।
प्राकृतिकरुपमा बनेको कपरकट्टीताल करिब १५ बिघा सिमसार क्षेत्रफलमध्ये एक किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको छ । तालको गहिराई करिब ५ मिटर छ ।
नील दहका नामले चिनिने झण्डै सय वर्ष पुरानो भए पनि राज्यका सम्बन्धित निकायको उचित ध्यान नपुगेको यो ताललाई उपमहानगरपालिकाले अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्न र पर्यटकीय विकासका लागि गुरुयोजना बनाउन शुरु गरेको वडा नंं १६ का अध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए ।
उपमहानगरले यो ताललाई आर्थिक वर्ष २०७५/७६ को बजेटमा पारेको छ । ताल संरक्षणका लागि ४० लाख रुपैयाँ छुट्याएको छ ।
तालसँगै धाम परिसरमा पर्यटकीय पूर्वाधार बनाउन ४० लाख रुपैयाँ बजेट छुट्याइएको वडाध्यक्ष रेग्मीले बताए । ताल संरक्षणका लागि अहिले प्राविधिक अध्ययन लगायतका कामहरु अघि बढाइएको र गुरुयोजना बनाउने कामको तयारी भइरहेको उनले जानकारी दिए ।
एकीकत सहरी विकास योजनामा यहाँको पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदाका क्षेत्र एवं कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गर्ने उपमहानगरको तयारी छ ।
पर्यटकीय क्षेत्रका रुपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका रुपमा अगाडि बढाइने भएको छ ।
आउँदो आर्थिक वर्षमा ताल परिसरमा चक्रपथसहितको पर्खाल बनाउने, तालभित्र रहेको झाडी सफा गर्ने रेग्मी बताउँछन् । यो तालमा डुंगा सयर, चरा संरक्षण लगायतका कामहरु गरिने वडाध्यक्ष रेग्मीले बताए ।
भविश्यमा करिब १० बिघा क्षेत्रफलमा सुविधासम्पन्न रिसोर्ट, होम स्टे, पिकनिक स्पट, स्वीमिङ पूल, चिल्ड्रेन पार्क,बाल उद्यान जस्ता करोडौं लगानीका पर्यटकीय पूर्वाधार बनाउने लक्ष्य रहेको उनले बताए ।
तालको पर्यटकीय विकासका लागि प्रदेश सरकारसँग बजेट माग गरिए पनि बेवास्ता गरिएको उपमहानगरका प्रवक्तासमेत रहेका रेग्मीले गुनासो गरे ।
‘स्थानीय तहको चुनाव अघिसम्म यो ताल उपेक्षित थियो,यसको महत्व र उपयोगिताबारे कसैको ध्यान गएको थिएन’–उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने– ‘अब यो ताललाई भविष्यमा ‘मिनी फेवाताल’ को रुपमा विकास गर्दै नरैनापूर धामसँग जोडेर एकीकृत पर्यटकीय विकास गर्ने लक्ष्य छ ।’
यो ताललाई भविष्यमा आन्तरिक र वाह्य पर्यटकको आकर्षणको थलो बनाउँदै बुटवलको जितगढी किल्ला, नुवाकोट, सिद्धबाबा र हिलपार्कसँग जोडेर पर्यटकको बसाई लम्बाउन सकिने उपमहानगरकी उपप्रमुख गोमादेवी आचार्य बताउँछिन् ।
ताल परिसरमा वन हाँस, वन कुखुरा, सिम कुखुरा र जलेवाजस्ता चराचुरुङगी समेत पाइन्छन् ।
नरैनापूर धाममा रहेको शिवलिंगलाई काठमाडौंको पशुपतिनाथको शिवलिंगसंग तुलना गर्ने गरिन्छ । दुबै शिवलिंग एकै समयका मानिन्छन् । धाम परिसरमा १ सय ८ मिटर अग्लो भ्यू टावरसहितको शिवलिंग, १०८ पिपल, जलधारा लगायत पूर्वाधार निर्माण गरिने उपमहानगरको योजना छ ।
नरैनापूरलाई बुद्धकालीन ऐतिहासिक थलोसमेत मानिन्छ । यहाँ प्राचीनकालदेखि परम्परागत शिवरात्री मेला लाग्दै आएको छ । नरैनापुर धाम हिन्दु अनुयायीहरुको एउटा पवित्र तीर्थस्थल हो । यहाँ देश विदेशका हिन्दु धर्मावलम्बीहरुको हरेक वर्ष शिवरात्री र साउनमा घुइँचो लाग्ने गर्दछ ।
नरैनापुर धामको मेलामा भारतको पटना, बिहार, गोरखपुर, लुधियाना र नेपालको तराईका अधिकांश जिल्लाबाट शिवरात्रीमा भक्तजन आउने परम्परा छ । यहाँ लाग्ने शिवरात्री मेलामा ब्यापार गर्न सात सय वटासम्म व्यापारिक स्टल आउने गर्छन् ।
अहिले तीब्र विकास भइरहेको बजार क्षेत्र रहेको बुटवल व्यस्त शहरका रुपमा विकास भइरहेको छ । यहाँ भिडभाड, धुलो धुवाँ दिनहुँ बढ्दो क्रममा रहेका बेला उपमहानगरको यो क्षेत्रलाई एउटा शान्त र रमणीय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रचूर सम्भावना रहेको पर्यटनविज्ञ डा. गितु गिरीको भनाइ छ ।
गिरीका अनुसार बुद्धबल्लीअन्तर्गत रहेका बुटवलसहित सैनामैना, देवदह, नौकट्टीलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने प्रचुर सम्भावना छ ।
पर्यटकीय पूर्वाधार विकासलाई उप–महानगरले प्राथमिकतामा राखेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बीसीले अनलाइनखबरलाई बताए । यस्ता सिमसार क्षेत्रहरुलाई संरक्षण र सम्बद्र्धन गर्दै यसका माध्यमबाट पर्यटन विकास गरी नगर र नगरवासीको आयआर्जन बृद्धि गरिने बीसीको भनाइ छ ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर साउद (भाष्कर) ठगी आरोपमा काठमाडौंबाट प्रहरीको फन्दामा परेका छन् ।
युवालाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंस्थित काँडाघारी प्रहरीले उनलाई कार्यालयमा झिकाएर वयान लिएको छ ।
तीन वर्षअघि साउदले ४ जना युवाबाट ४ लाख रुपैयाँ ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो । काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई कार्यालयमा हाजिर गराएर वयान लिएको छ ।
साउद तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यसमेत थिए ।
काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई सामान्य सोधपुछ गरेर छाडेको स्रोतले बतायो ।