सरकारले नेपालबाट विदेश लैजान वा विदेशबाट कार्गो कुरियर हुलाकलगायत माध्यमबाट नेपाल ल्याउन पाइने रकमको सिमा तोकेको छ । आजदेखि लागू हुने गरि ५ हजार रुपैयाँ वा ५ हजार डलर मात्रै विदेश लैजान वा ल्याउन सक्ने सिमा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ क अनुसार व्यक्तिले विदेश जाँदा वा विदेशबाट आउँदा कार्गो, कुरियर, हुलाकलगायत माध्यमबाट नेपाली रुपैयाँ ५ हजार र अमेरिकी डलर ५ हजारसम्ममात्र ल्याउन वा लैजान पाउनेछ ।यसरी लैजाने वा ल्याउने रकममा भन्सार अधिकृतले स्वीकृती दिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडाैं । तीव्र गतिका कारण अत्यधिक दुर्घटना बढ्न थालेपछ भक्तपुरकाे जगातेदेखि काेटेश्वरसम्मकाे ८ लेन सडकमा महानगरीय ट्राफिक महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागु गर्ने भएको छ ।उपत्यकाको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न महाशाखाले सवारीसाधन प्रतिघण्टा ४० किलोमिटरकोगतिमा गुड्नुपर्ने (टाइम कार्ड) लागु गर्ने भएको हो ।टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधनले ४० किलोमिटरको गतिमा गुड्नुपर्ने हुन्छ । यस्तै महाशाखाले भोलिदेखि जगाते–कोटेश्वर
सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने समेत योजना बनाएको छ ।महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन् ।
त्यस्तै पुरुषतर्फ ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउ चोट लागेर गम्भीर घाइते भएकाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ
राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउ चोट लागेर गम्भीर घाइते भएकाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ
No comments:
Post a Comment