जर्मनीको बाभारिएन बर्चेस्टगाडेन क्षेत्रमा सरकारले चिहानका लागि चिट्ठा खोल्न भएको छ ।
अन्त्येष्टि स्थलको अभाव रहेको र चिहानका लागि जग्गाको माग उच्च रहेको छ । माग अनुरुप चिहान उपलब्ध छैन । त्यसैले चिहानका लागि उपलब्ध सीमित जग्गा व्यवस्थित ढंगले स्थानीय बासिन्दालाई उपलब्ध गराउनका लागि सरकारले गोलाप्रथाको घोषणा गरेको छ ।
प्रयोगमा नआएको जमिनलाई उपयोग गरी २ सय वटा चिहानका प्लट तयार गरिएको छ । नयाँ तयार पारिएको तिनै चिहान बनाउने जग्गाको टुक्रा बेच्नका लागि सरकारले गोलाप्रथाको घोषणा गरेको छ ।
No comments:
Post a Comment